शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पोखरेलका पाँच साइनो

पोखरेलका पाँच साइनो

  • शनिबार, साउन ३, २०७७
पोखरेलका पाँच साइनो

१. बा, नजानु न कतै
अनिकाल पो पस्छ कि
अामाको चीत्कार सुनिन्न!

२. होला सुन्दर मन
कञ्चन हिमसरि त्यो
जब गर्ला देश विकास!

३. सुनै-सुन फल्नुछ
प्रेरणापुञ्ज बन्नुछ
तब मौरी-मन रम्दछ!

४. कर्तव्य-पथ-च्यूत!
सबै किन नीति-च्यूत?
दिन्छ के भन धन अकुत्!

५. मलामीको लाम छ
बाकसभित्र लास छ
छिया-छिया मन फुट्दो छ!

– खेमलाल पोखरेल दमक, झापा

चर्चामा

सम्बन्धित समाचार