• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा थप ७ जनामा कोरोना पुष्टि

धनगढीमा थप ७ जनामा कोरोना पुष्टि

  • शनिबार, साउन ३, २०७७
धनगढीमा थप ७ जनामा कोरोना पुष्टि

कैलाली र कञ्चनपुरमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ४५ र ४८ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का १९ र २४ बर्षीय महिला, वडा नम्वर १५ का २४ र २८ बर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुइ सय ३७ जनाको कोरोना परीक्षण भएको श्रेष्ठले बताए।

यससंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय चार पुगेको छ। ७० पुरुष र ३४ महिला गरी एक सय चार जनामा कोरोना पुष्टि भएको हो।

वडा नम्वर १ मा ८ जना, २ मा चार जना, ३ मा पाँच जना, ४ मा एक जना, ५ मा १० जना र वडा नम्वर ६ मा दुई जनामा कोरोना पुष्टि भएको छ। वडा नम्वर ७ मा तीन जना, ८ मा पाँच जना, ९ मा १० जना १० मा तीन जना, ११ मा एक जना र वडा नम्व्र १२ मा २० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै वडा नम्वर १३ मा दुई जना, १४ मा १० जना, १५ मा ६ जना, १६ र १७ मा एक/एक जना, १८ मा ११ जना र वडा नम्वर १९ मा एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार १७ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार