बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • विवाहपछिको जीवन खुसी र मजबुत कसरी बनाउने ?

विवाहपछिको जीवन खुसी र मजबुत कसरी बनाउने ?

  • शनिबार, साउन ३, २०७७
विवाहपछिको जीवन खुसी र मजबुत कसरी बनाउने ?

पूर्वीय सभ्यतामा विवाह भनेको यस्तो चिज हो कि जो एकपटक गरिसकेपछि जीवनभर सँगै रहनुपर्छ । विवाहपश्चात् पुरुष र महिलाले एक–अर्काको स्वामित्व ग्रहण गर्दै जीवनभर सँगै रहनुपर्छ । वैवाहिक जीवनमा असमझदारी आएमा जीवन नै खल्लो हुने गर्छ । उसो भए विवाहपछिको जीवन कसरी खुसी र मजबुत बनाउने त ?

जीवनभर साथका लागि विवाह गरिन्छ । त्यसैले विवाहपछिको जीवनलाई सुखद बनाउनका लागि एक–अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक हुन्छ । पति–पत्नीले सँगै बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ ।

विवाहपछि विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प रहँदैन । यस्तो अवस्थामा एक–अर्काको सल्लाहमा समाधानको खोजी गर्न आवश्यक हुन्छ ।
करिअर सफल हुनुलाई मात्र दाम्पत्य जीवन सफल भएको मानिँदैन । त्यसैले हरेक काम गर्दा पति–पत्नीबीचको सौहार्दतामा अगाडि बढ्नुपर्छ । एकले अर्कालाई सम्झाउने, सल्लाह–सुझाब आदान–प्रदान गर्ने गतिविधिलाई निरन्तर कायम राख्नुपर्छ ।

कतिपय अवस्थामा पति–पत्नीबीच फरक मत र विचार हुन सक्छ । जुन कुरा विवाहपूर्व थाहा नहुन सक्छ । यस्ता विषयले सौहार्द वातावरण खल्बल्याउन सक्छ । त्यसैले विवाहपछि एक–अर्काको सोच र विचारलाई सम्मान गर्दै अगाडि बढ्नु नै एक मात्र उत्तम विकल्प हुन्छ ।

व्यावहारिक जिम्मेवारी निर्वाह गर्नुले मात्र विवाहको गरिमालाई बचाइराख्दैन । त्यसैले घुम्न जाने, सरप्राइज पार्टी दिने वा आफ्नो पार्टनरलाई जे मन पर्छ त्यस्ता गतिविधि गर्दा सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ ।

आफ्नो पार्टनरलाई कहिल्यै पनि दुर्व्यवहार गर्नु हुँदैन । एक्लै हुँदा गल्तीको महसुस गराउने गतिविधि गर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ । बाहिरी साथीको आवश्यकतामा घरबाहिर बस्ने, काममा मात्र केन्द्रित हुनेजस्ता गतिविधिलाई नियमितता दिनुहुँदैन । यस्तो गतिविधिले एक–अर्काप्रति असमझदारी उत्पन्न गर्न सक्छ ।

कम्तीमा वर्षको २–४ पटक जीवनसाथीसँग केही दिनका लागि घुम्न निस्कनु राम्रो हुन्छ । यसरी घुम्न निस्कँदा एक त जीवनमा यादगार क्षण थपिँदै जान्छन्, अर्को एक–अर्काबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ । यसो गर्दा जीवनसाथीले खुलेर मनको कुरा व्यक्त गर्ने मौका पनि पाउँछन् । शारीरिक सुखले मात्र सम्बन्धलाई घनिष्ठ बनाउँदैन । त्यसैले शारीरिक सम्बन्धमा भावना पनि जोडिन आवश्यक हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार