शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टचारी तस्कर लाई सम्मानित

भ्रष्टचारी तस्कर लाई सम्मानित

  • शनिबार, साउन ३, २०७७
भ्रष्टचारी तस्कर लाई सम्मानित

सरकार भित्र नै लछार पछार देख्दा,
एक आर्का को खराब बिचार देख्दा।

दुखःलाग्छ यार मलाई नि सधै भरी,
आफ्नो सन्तान मा मारा मार देख्दा।

भ्रष्टचारी तस्कर लाई सम्मानित गर्ने,
देशभक्तहरु लाई नै कारागार देख्दा।

डर लागि रहन्छ मनभित्र सदै भरीनै,
यही खराब बतासको रफ्तार देख्दा।

कसैको लाश बाटपनि कमाउँने दाउँ
हाँशो आउँछ वे नाम हक्दार देख्दा।

भेटान्न कोरोनाको औसधी संसार मा,
अचम्मै नयाँ नयाँ आबिस्कार देख्दा।

केभने पिएमले हिँजो पुत्ला दोहनभो,
छिमेक तस्य्रो जिब्रोमै औजार देख्दा।

सरकार जरुरत भन्दा बढी नि नबोले,
दुखःलाग्छ यो ठट्टा बारम बार देख्दा।
सुरेशकुमार पान्डे।१८-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार