शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा वडाअध्यक्ष केसीका छोराले गरे प्रहरी माथि ढुंगा मुढा प्रहार

बाजुरामा वडाअध्यक्ष केसीका छोराले गरे प्रहरी माथि ढुंगा मुढा प्रहार

  • शनिबार, साउन ३, २०७७
बाजुरामा वडाअध्यक्ष केसीका छोराले गरे प्रहरी माथि ढुंगा मुढा प्रहार

बाजुरा ३ साउन —  बाजुराको बुढिगंगा नगरपालिकामा प्रहरी माथी साेही नगरपालिका वडा न ७ का वडा अध्यक्ष भुवन केसीका छाेराहरूकाे समुहले ढुगांमुढा प्रहार गरेका छन् । स्थानीय केही ब्यक्तीले ढुगां मुढा प्रहार गर्दा दुई जना प्रहरी घाईते भएका छन । बुढीगंगा नगरपालिका ८ को बेलातमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका ब्यापारी पारस रावतलाई स्थानिय युवाहरुले कुटपीट गरेको उजुरी पछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगा मुढा प्रहार गरेका हुन ।
ढुंगा मुढा प्रहारबाट रिठा प्रहरी चौकीका ईन्चार्ज र एक जना प्रहरी जवान गरि दुई जना घाईते भएका छन् । घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले जानकारी दिएका छन् ।
बेलातमाण्डौमा होटेल ब्यवासाय गर्दै आएका ब्यवासायी पारस रावतलाई कुटपीट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केशीका छोरा दीलिप केशी सहितको समुहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।
प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दान बहादुर रोकायाको कमाण्डमा हिजो राति १२ बजे नै घटना स्थलमा टोली खटाईएको छ । ढुंगा मुढा गर्ने समुह फरार रहेको र खोजी कार्य भईरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार