शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढीगंगा नगरपालिकाका वडाअध्यक्ष थापाले जिते कोरोना

बाजुरा बुढीगंगा नगरपालिकाका वडाअध्यक्ष थापाले जिते कोरोना

  • शुक्रबार, साउन २, २०७७
बाजुरा बुढीगंगा नगरपालिकाका वडाअध्यक्ष थापाले जिते कोरोना
वडाअध्यक्ष थापाकाे अनुमतीमा राखीएकाे तस्बीर

पदमबहादुर सिंह —  बाजुरा जिल्लाका संक्रमित जनप्रतिनिधिले कोरोना जीतेका छन् । बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले २८ दिनमा कोरोना जीतेर घर फर्कीएका छन् ।
कोभिड १९ को महामरीको कारण चैत्र ११ गते लकगाउन भएदेखी भारत र अन्य जिल्लाबाट आएकाको उद्धारमा लागेका वडाअध्यक्ष थापाको असार ४ गते स्वाव संकलन गरिएको थियो । असार १४ गते सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि २१ दिनसम्म होम आइसोलेसनमा बसेका थापाको असार २२ गते दोस्रो पटक स्वाप संकन गरि पठाएकोमा साउन २ गते नेगेटिभ आएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए ।
न्यानो गरि बसौ ’मनोबल उच्च राखौं, कोरोनालाई सजिलै जितिन्छ’
२१ दिनको होम आइसोलेसन बसाइपछि कोरोना जितेर घर फर्कने क्रममा वडा अध्यक्ष थापाले कोरोना संक्रमितले न्यानो गरि बस्नु पर्ने र मनोबल उच्च राख्दा कोरोना सजिलै जित्न सकिने बताएका छन् ।
‘अरुको उद्धारको लागि क्वारेन्टाईन ब्यबस्थापनमा खटिएकै समयमा आफू संक्रमित हुन पुगे, अहिले संक्रमण मुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिएका छन् । बडिमालिका खबरसंग कुरागर्दै उनले भने, ’उच्च मनोबल नै कोरोना जित्ने सबै भन्दा ठूलो आधार हो, संक्रमण हुँदैमा नआत्तिऔ ।’ आफू संक्रमित भएपनि उच्च मनोबलका साथ आइसोलेसनमा बसेको र सो क्रममा नियमित तातो पनि पिउने शारीरिक अभ्यास गर्ने गरेको थापाले बताए । थापाले भने आफू स्वास प्रस्वासको बिरामी हुँ, तर पनि होम आइसोलेसनमा बस्दा आफूलाई स्वास्थ्य समस्या नदेखिएको बताए ।
कोरोना संक्रमित भएको थाहा पाएपछि समाजले हेर्ने दृष्टि फरक भएको बताए । आफु कोरोना संक्रमित भएको थाहा पाएपछि एक बर्षसम्म दुध ल्याउने परिवारले दुध ल्याउनै मानेन, घर परिवार तथा आफन्त समेत कोरोना लागेको भन्दै छिछि र दुरदुर गरे तर त्यसो कसैलाई नगर्न थापाले आग्रह गरे ।

चर्चामा

सम्बन्धित समाचार