बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • बिद्यालय भवन निर्माण बाट नाफा भएको पैसा बिद्यालयलाई नै सहयोग

बिद्यालय भवन निर्माण बाट नाफा भएको पैसा बिद्यालयलाई नै सहयोग

  • शुक्रबार, साउन २, २०७७
बिद्यालय भवन निर्माण बाट नाफा भएको पैसा बिद्यालयलाई नै सहयोग

सबैतिर अनियमित भष्ट्रचार गरेको सार्वजनिक भइरहेका छन् । अझ भन्नु पर्दा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदा लिदै प्रक्राउ परिरहेको छ । तर बाजुरामा एक बिद्यालयमा भने भवन निर्माण पनि गरिदिए नाफा भएको पैसा सोही बिद्यालयलाई सहयोग गरेका छन् ।
बुढिगंगा नगरपालिकामा रहेको त्रिशक्ति उमाबिमा ४ कोठे भवन निर्माणका लागि संघिय सरकार बाट ३६ लाख रुपैया बिनियोजन भयो । जनश्रवदान सहित ४३ लाखमा भवन निर्माण गनुपर्ने गरि भवनको डिजाइन स्टमेट गरियो । बिद्यालय ब्यबस्थापन समितिले जनश्रवदान गराउन सम्भाबना नभएको भन्दै स्थानिय कृष्ण रावललाई भवन निर्माणको जिम्मा लगाए ।
बुढिगंगा ७ देबलसैन घर भएका रावलले प्राबिधिक स्टमेट अनुसार भवन निर्माण समेत गरे । नाफा भएको २ लाख २० हजार बिद्यालयलाई सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भरत शाहले वताएका छन् । भवन पनि स्टमेट अनुसार लगाएका छन्, बचेको रकम पनि बिद्यालय सञ्चालन गर्न बिद्यालयलाई सहयोग गरेको शाहले वताएका छन् ।
आफु त्यहिको स्थानिय हो, त्यहि बिद्यालयमा पढेको हो, समितिले आफुलाई काम गर्ने जिम्मा दियो । आफुले जिम्मेवारी पुर्वक भवन मात्र निर्माण गरे । नाफा भएको २ लाख २० हजार बिद्यालयलाई सहयोग गरेको कृष्ण रावलले वताएका छन् । बिद्यालय सञ्चालनमा समस्या छ, सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ, अर्को आफ्नै बिद्यालय हो नाफा आएको सबै रकम बिद्यालयलाई दिएको रावलले वताए ।
त्रिशक्क्ति उच्चमाबिमा बिगतमा भष्ट्रचार भएको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो । बिगतमा भवन निर्माणमा पटक पटक अनियमित, ढिलासुस्ति, भष्ट्रचार भएको बिद्यालयको बारेमा समचार बाहिर आइरहेका थिए, तर समाजसेवी कृष्ण रावलले भने भवन निर्माण पनि गरे बचेको पैशा बिद्यालयको कोषलाई सहयोग गरेको स्थानिय तपेश रावलले वताएका छन् ।
बिद्यालयको भवन निर्माण बाफत नाफा भएको पैशा बिद्यालयलाई फिर्ता गर्दा बिद्यालयलाई ठुलो सहयोग भएको प्रअ डम्मर उपाध्ययाले वताएका छन् । नगरप्रमुख दिपक बिक्रम शाहले भने कृष्ण रावलले भवन निर्माण बाट नाफा भएको पैशा बिद्यालयलाई सहयोग गर्नु भनेको उदारणीय काम भएको वताएका छन् । यसले समाजप्रतिको उत्तरदायित्वको बोध समेत गरेको शाहले थपे ।

चर्चामा

सम्बन्धित समाचार