बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • जेठ ३१ यता बाढी पहिरोबाट बाजुरा लगायत देशभर १०१ जनाको मृत्यु, ५१ बेपत्ता (विवरणसहित)

जेठ ३१ यता बाढी पहिरोबाट बाजुरा लगायत देशभर १०१ जनाको मृत्यु, ५१ बेपत्ता (विवरणसहित)

आइतबारदेखि ५ दिनसम्म देशभर वर्षा, तराईको अधिकांश स्थानमा बाढी र डुबानको सम्भावना

  • शुक्रबार, साउन २, २०७७
जेठ ३१ यता बाढी पहिरोबाट बाजुरा लगायत देशभर १०१ जनाको मृत्यु, ५१ बेपत्ता (विवरणसहित)

काठमाडौं । वर्षा सुरुभएसँगै बाढी पहिरोबाट धनजनको क्षति बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता हालसम्म बाढी तथा पहिरोबाट १०१ जनाको मृत्यु भएको जनाएको छ ।
प्राधिकरणले शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी बाढी र पहिरोका कारण १०१ जनाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन् । प्राधिकरणले आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको पूर्वजानकारी दिएको छ । वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । यस्तै पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ ।

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ । प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेकाे प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

बाढी पहिराेबाट मृत्यु, बेपत्ता र घाइतेकाे जिल्लागत विवरण

 

चर्चामा

सम्बन्धित समाचार