आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • आज कुन जिल्लामा कति संक्रमित?

आज कुन जिल्लामा कति संक्रमित?

  • बिहिबार, साउन १, २०७७
आज कुन जिल्लामा कति संक्रमित?

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ६७ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ र सुनसरीका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका २, उदयपुरका १ र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ र ओखलढुंगाका १५ जनामा कोरोना भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २६, नारायणी अस्पाल वीरगञ्जमा पर्साका १, बाराका १ र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा धनुषाका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा किटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौडामा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका ३ जनामा कोरोना पाइएको छ। मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्यूठानका १÷१, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ८, सुर्खेतका ३, बर्दिया र दाङका १÷१ जनामा कोरोना भेटिएको छ।

यस्तै, पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका १, सल्यान र जाजरकोटका २÷२ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका १, डडेल्धुरा अस्पतालमा डडेल्धुराका ८, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ४, कैलालीका र कञ्चनपुरका १४÷१४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार