शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • ६ गोलको थ्रिलरमा युभेन्टस रोकियो

६ गोलको थ्रिलरमा युभेन्टस रोकियो

  • बिहिबार, साउन १, २०७७
६ गोलको थ्रिलरमा युभेन्टस रोकियो

सासुलोविरुद्ध छ गोलको थ्रिलरमा बराबरी खेल्दै युभेन्टसले इटालियन सिरिए ए को शीर्ष स्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगिएको हो । पहिलो हाफको शुरुवाती १२ मिनेटमा नै युभेन्टसले खेलमा २–० को अग्रता लिएको थियो । ड्यानिलो र गोन्जालो हिग्वाइनले एक–एक गोल गरेका थिए । तर, फिलिप जुरिसिच, डोमेनिको बर्नाडी र फ्रान्सेस्को कापुटोको गोलको मद्दतले सासुलोले खेलमा ३–२ को अप्रत्यासियत अग्रता बनायो । खेलको ६३ औँ मिनेटमा एलेक्स सान्ड्रोले हेडरमार्फत गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

युभेन्टस पछिल्ला ३ खेलमा जीतविहीन रहेको छ र ९ गोल खाएको छ । यता, क्रिस्टियानो रोनाल्डोले मार्च यता लिगमा गोल नगरेको यो पहिलो पटक हो । माउरिजियो सारीको टोली लगातार नवौँ लिग उपाधि जित्ने होडमा रहेको छ । अन्य खेलमा नापोली र बोलोग्नाले १–१ को बराबरी खेले भने एसी मिलानले पार्मालाई ३–१ ले हरायो । लाजियो उडिनेसेसँग गोलरहित बराबरीमा रोकियो ।

चर्चामा

सम्बन्धित समाचार