कैलालीको अत्तरिया क्षेत्रमा भारी वर्षा भएको छ। हावाहुरी सहितको वर्षाका कारण अत्तरिया चोक जलमग्न भएको छ। खाल्डाखुल्डीका कारण उक्त चोक डुबानमा परेको छ। चोक नै डुबानमा परेपछि अहिले अत्तरिया भएर आवतजावत गर्ने सवारी साधनलाई समस्या भइरहेको छ।