शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सुरेन्द्रका सात साइनो

सुरेन्द्रका सात साइनो

  • मङ्लबार, असार ३०, २०७७
सुरेन्द्रका सात साइनो

१. बेचैन छ बगर
मातेको देख्छु अधर
पवित्र देखिन्छ सगर
२.
कस्तो देखें सपना ?
बिथोलियो मेरो निन्द्रा !
काँधमाथि देशको लास !!
३.
हुँदैन होला पूरा
भगवानको बर्दान
कलियुग सैतानी याम ।
४.
ति सिहंको लडाइ
चढ्नलाई घुम्ने कुर्सी
किन ढल्दैन बडा कुर्सी ?
५.
आफ्नै भविष्य कोर्यौ
यी पसिना पनि सोर्यौ
खुसुक्क किड्नीपनि चोर्यौ !
६.
अम्खोरामा पानी छ
यो मनभरी तिर्खा छ
पिलाइदिने पो खै को छ ?
७.
दुष्ट नभागेसम्म
लड्नु छ है अन्त्यसम्म
हाम्रो यो सास रहेसम्म ।

चर्चामा

सम्बन्धित समाचार