• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थप ११ जनामा कोरोना स‌क्रमीत थपीए

सुदूरपश्चिममा थप ११ जनामा कोरोना स‌क्रमीत थपीए

  • सोमवार, असार २९, २०७७
सुदूरपश्चिममा थप ११ जनामा कोरोना स‌क्रमीत थपीए

धनगढीः  सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एक जना गरि ११ जनामा  कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, कैलालीकै गोदावरी नगरपालिका –७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना थपिएका छन्।

यस्तै अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखा परेको श्रेष्ठले बताए।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४३ नमूना परीक्षण गरिएको बताईउकाे छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ हजार  ९  सय ३१ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार