बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • १०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई हराइन्

१०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई हराइन्

  • सोमवार, असार २९, २०७७
१०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई हराइन्

बेलायतको केन्टमा बस्ने १ सय ४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् ।ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो । उनी पछिल्लो तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो ।

तर सय वर्ष नाघिसकेकी उनी अस्पताल जानै परेन । अब उनी पूर्ण रुपमा स्वस्थ छिन् ।ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवनमा अत्यधिक समस्याको सामना गर्नुपरेको छ र आफ्नो जीवनको धेरैजसो समय बिरामी भएरै बिताएकी छिन् तसर्थ उनीसँग चुनौतीसँग लड्ने हिम्मत छ ।ग्रेसको जन्म बर्मा (म्यानमार) मा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरिन् त्यसपछि लामो समुद्री बाटो हुँदै सन् १९४६ मा बेलायत पुगिन् ।

बेलायतमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अघि उनी बिरामी भएकी थिइन् । जब डाक्टरले हामीलाई उनको स्वास्थ्यबारे जानकारी दिए तब हामी अत्यधिक डराएका थियौं । हामी जहाँ बस्छौं त्यहाँ कोरोनाका कारण थुप्रैको मृत्यु भएको छ ।’

उनी भन्छिन्, ‘तर जब मेरी हजुरआमालाई आफूलाई कोरोना पोजेटिभ भएको थाहा भयो तब उनलाई यो कुराले खासै असर पारेन ।’क्रिस्टलका अनुसार उनकी हजुरआमा आशाले भरिपूर्ण बलियो इच्छाशक्ति भएकी महिला हुन् र उनी आफ्नौ देनिकको व्यायाम तालिकालाई निरन्तरता दिन चाहन्छिन् ।

स्रोतः बीबीसी

चर्चामा

सम्बन्धित समाचार