शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना जितेकी स्वास्थ्यकर्मी सिहं भन्छन् :आत्माविश्वास र मनोबलले जस्तो सुकै रोग जित्न सकिन्छ

कोरोना जितेकी स्वास्थ्यकर्मी सिहं भन्छन् :आत्माविश्वास र मनोबलले जस्तो सुकै रोग जित्न सकिन्छ

  • आइतवार, असार २८, २०७७
कोरोना जितेकी स्वास्थ्यकर्मी सिहं भन्छन् :आत्माविश्वास र मनोबलले जस्तो सुकै रोग  जित्न सकिन्छ

बाजुरा — जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा एचए पदमा कार्यरत सोवर्णा सिहं कोरोना संक्रमित भईन् । उनि मालिका उमाबिको आइसोलेसनमा बसिन्, अहिले उनले कोरोना जितेर नियमित काममा फर्किसकेकी छन् । जब सोवर्णालाई कोरोना पोजेटिभ भएको रिपोट आयो उनि छाँगा बाट खसे जस्तै भइन् । उनि निकै हतोसाहित भईन्, तर उनले मन कठोर बनाईन, आत्माबल बढाइन् र कोरानो पनि जितिन । उनि भन्छन्, जस्तो रोग लागेपनि मायाममता पाए आत्माबल बढदो रहेछ । केहीले कोरोना लाग्यो भनेर गरेको ब्यबहारले दुख लागेको छ । रोग भन्दा पनि मानिसको ब्यवहारले असर पार्ने रहेछ ।

सोवर्णा भन्छन्, जस्तो रोग लागेपनि माया ममता पाए आत्माबल बढदो रहेछ । मलाई स्वास्थ्य कार्यलय, आफन्तको मायाले पनि कोरोना जित्न सफल भएको बताँउछन् । म जब कोरोना संक्रमित भए मलाई धेरै कुराको अनुभब भयो । मान्छेलाई पिडा दियो भनेपनि सानो रोग ठुलो हुने रहेछ, सबै भन्दा ठुलो माया नै रहेछ ।

कोरोना लागेको डर भन्दा पनि मानिसको हेर्ने दुष्टिकोण एकदम नराम्रो रहेछ । आफ्नो स्वास्थ्यको हेरचाह र सरसफाइमा ध्यान दिए कोरोना बाट सहजै बच्न सकिन्छ सिहंले वताईन् । कोरोना सम्बन्धि चेतना स्तर कमजोर भएकाले कोरोना संक्रमितलाई समाजले हेर्ने दुष्टिकोण नराम्रो रहेको छ । बाजुरामा कोरोना संक्रमितको सख्या ५ सय ७० जना पुगीसकेका छन् । ७ जना स्वास्थ्यकर्मी पनि संक्रमित भए । ७ जनाले नै कोरोना जितिसकेका छन् । बाजुरामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ, यसले गर्दा प्रत्यक्ष बिरामीको सम्पर्कमा रहने स्वास्थ्यकर्मी त झनै जोखिममा रहेका छन् ।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, सोवर्णाले यो बेला राम्रो काम गरेको कोरोना पनि सहजै रुपमा जितको बताए । बाजुरामा स्वास्थ्यकर्मीको यो संकटको बेला निकै योगदान रहेको पन्तले थपे । सोवर्णा पनि अग्रमोर्चामा नै खटिईन् । उनि जस्तै बाजुरामा स्वास्थ्यकर्मी खटिए भारत बाट आउनेको नियमित चेकजाँच सँगै ब्यबस्थापनमा लागि रहे । रातदिन नभनि कोरोना जोखिमतालाइ पनि वेवास्ता गरेर स्वास्थ्यकर्मी अग्रमोर्चामा लडिरहे, उनिहरुको चेकजाँचमा कटिबद्ध भएर लागे ।

सोवर्णा जस्तै अन्य ६ जना स्वास्थ्यकर्मी बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्का, एचए भेषराज पण्डित, एचए तिलक न्यौपाने, ल्वाब असिटेन्ट गंगा थापा, स्वास्थ्य कार्यलय बाजुराका ल्याब असिटेन्ट रतन बुढा र जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स सर्मिला पाण्डे रहेकी छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्का भन्छन्, २४ घण्टा चेकजाँच र उपचारमा खटिरहेकी थियौ ।

पछि हामि पनि पोजेटिभ भयौ, अहिले त हामीले कोरोना जित्यौ, अहिले हामिमा कुनै बिचलनमा छैन्, हामिलाइ थप प्ररेणा मिलेको छ, अब संक्रमितको उपचार बाट पछाडि नहटने खड्का बताँउछन् । आफुहरु संक्रमित हुँदा स्थानिय तह, स्वास्थ्य कार्यलय, अस्पताल बाट ठुलो सहयोग पुगेको उनिहरुले वताएका छन् । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले पटक पटक आफुहरुलाई भेट गर्ने, फोन गर्ने गरेको स्वास्थ्यकर्मी बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार