बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार

बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार

  • आइतवार, असार २८, २०७७
बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार

डडेल्धुरामा खानेपानीको विषयमा भएको झडपका क्रममा बालकको मृत्यु भएपछि १२ जना विरुद्ध किटानी जाहेरी परेको छ। जिल्लाको आलिताल गाउँपालिका ६ मा खानेपानीको विषय भएको विवादका क्रममा स्थानीय गणेश महराका ८ वर्षीय छोराको मृत्यु भएपछि परिवारले १२ जना विरुद्ध किटानी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बिरेन्द्र बोहराले मृतकका बुवा गणेश महाराले वडा नम्बर ६ कै १२ जना विरुद्ध किटानी जाहेरी दिएको बताए। उनका अनुसार किटानी जाहेरी परेका मध्ये १९ वर्षीय भीम खड्का, ५५ वर्षीय नेरु ओली र ३० वर्षीय टीकाराम ओलीलाई घटना स्थलबाटै पक्राउ गरिएको थियो। पक्राउ परेका मध्ये एकजना विरुद्ध जाहेरी नपरेपछि थुनामुक्त भएका छन्।

अन्य ९ जनाको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। खानेपानीको विषयमा विवाद हुँदा भएको झडपका क्रममा घाईते भएका बालकको शनिबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार