बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पालमुनि प्रहरीको कार्यालय सञ्चालनमा

पालमुनि प्रहरीको कार्यालय सञ्चालनमा

  • आइतवार, असार २८, २०७७
पालमुनि प्रहरीको कार्यालय सञ्चालनमा

दानबहादुर बूढा — जिल्ला प्रहरी कार्यालय मुगुको कार्यालय पुरानो भवन जीर्ण बन्दै गएपछि हिजोआज नयाँ भवन बन्दै गहिर रहेको बेला पालमुनिबाट कार्यालय सञ्चलन हुँदै आइरहेको छ ।
२०७६ साल भदौ महिनाबाट पुरानो सानो कार्यालय भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु भएदेखि नै जिल्ला प्रहरी कार्यालयबाट सञ्चालन हुने सबै खालका कामहरू पालमुनिबाट सञ्चालन हुँदै आइरहेको छ । पालमुनि बसेरा काम गर्न त केही गाह्रो छैन कहिलेकाहीँ हावाहुरी असिना आकासको पानीले गाह्रो पार्ने गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वरप्रसाद सहले बताएका छन् ।

सहका अनुसार केही समयका लागि कार्यालयको काम पालमुनिबाट गर्न गाह्रो भए पनि केही समयपछि कार्यालय प्रयोजन, हातहतियार भण्डारण, अधिकृत, हल्दार, जवानहरूको बस्र्ने खार्ने सुत्ने, महिला पुरुषको फरक–फरक कोठा रहने, र कार्यालयका बिभिन्न फाटहरू पनि फरक–फरक कार्य कक्षा रहने हिरासतसमेत फरक रहने गरी अव बन्ने भवनको डिजाइन र स्टमेट रहेको बन्दै गरेको भवन निर्माण कार्यमा रातदिन खटिरहेका जानकारी गराएका छन् ।
नेपाल सरकारको माप दण्डअनुसार हाल जिल्लामा पुरुस प्रहरी र महिला प्रहरीको दरबन्दी अनुसारको नभएको हुँदा कामकाज गर्नसमेत निकै गाह्रो भएको छ । प्रहरी कार्यालय मातहतका जिल्लाभरि रहेका इलाका प्रहरी कार्याय, प्रहरीचौकी धेरै ठाउँमा आफ्नै भवन नहुँदा भाडामा लिएर कार्यलय सञ्चालन गर्दै निकै समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार