शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए

नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए

  • शनिबार, असार २७, २०७७
नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।

६ जिल्ला कोरोनामुक्त

मुलुकभर एक जना पनि कोरोना संक्रमित नहुने जिल्लाको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएको जानकारी दिइएको हो । चार दिनअघि प्रदेश १ का ४ जिल्ला र हुम्ला कोरोना ‘फ्रि’ बनेका थिए । मन्त्रालयका अनुसार मृतकको संख्या भने शनिबार अपरान्हसम्म ३८ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार