शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल (फोटोफिचर)

यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल (फोटोफिचर)

  • शनिबार, असार २७, २०७७
यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल (फोटोफिचर)

होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ ।

भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ ।

यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् । होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।

होटल बारे सुन्दा अचम्म लाग्यो होला । यस्ता होटलमा कस्ता व्यक्तिको पहुँच होला भन्ने सोच पनि आयो होला । यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् । उनले भने, ‘अहिलेको समयमा यो जस्तो होटल संसारको कुनै पनि मुलुकमा छैन ।’

स्रोतका अनुसार होटलको रुमको मूल्य तुलनात्मक रुपमा कम नै राखिएको छ किनभने होटल बनाउनका लागि प्रयोग गरिएको सुन स्थानीय स्तरमा उपलब्ध भएको जसका कारण होटल बन्न पनि खासै धेरै खर्च नभएको हो ।

लकडाउनका कारण भियतनाममा होटलहरु खुल्न नसकेको अवस्थामा यस वर्ष आफ्नो होटल खोलिएकोमा होटल मालिक खुसी भएका छन् । अर्को वर्षदेखि आफ्नो व्यापार वृद्धि हुनेमा उनी आशावादी छन् ।

‘हाम्रो समुहको एउटा कारखाना छ जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ तसर्थ हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन्,’ ड्वाङ्गले भने ।

यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार