शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,६४९

नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,६४९

  • शुक्रबार, असार २६, २०७७
नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,६४९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ११८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८०११ पुगेको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार