बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उनिहरु जन मित्रताको बिरुद्ध भएका छन

उनिहरु जन मित्रताको बिरुद्ध भएका छन

  • शुक्रबार, असार २६, २०७७
उनिहरु जन मित्रताको बिरुद्ध भएका छन

उनिहरु जन मित्रताको बिरुद्ध भएका छन,
दुबै देशका जनता रणभूमिमा लएका छन।

सदियौँ देखि जनता बिच गाढा मित्रता थ्यो,
कुन्नि किन मित्रताकै सिमापारी गएका छन।

नेताले पनि गर्छन असमान सन्धि सम्झौता,
गलतिको परिणाम नै जनताले सएका छन।

यँहा अरुको भन्दा छिमेकिको डरछ सदयौँ,
उसैका कारण कयौँ आसियान ढएका छन।

हाम्रै देशका युवाले उतै पौरखपोखे आफ्नो,
हेर बौडर हरुमा पसिना र रगत बएका छन।

थोरै चिङ्गारी देखे हावा लगाउँछन दुश्मन झैँ,
बुझ्न सक्दैन मायाँ चिनो नादान रएका छन।
सुरेशकुमार पान्डे।१०-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार