शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • कोरोना सङ्क्रमित गर्भवतीले आइसोलेसनमै बच्चा जन्माईन

कोरोना सङ्क्रमित गर्भवतीले आइसोलेसनमै बच्चा जन्माईन

  • शुक्रबार, असार २६, २०७७
कोरोना सङ्क्रमित गर्भवतीले आइसोलेसनमै बच्चा जन्माईन

कोरोना सङ्क्रमित भएर उपचारको क्रममा अछाम अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाले शिशुको जन्म दिएकी छन् । मेल्लेख गाउँपालिका–४ कुष्कोट निवासी २५ वर्षीया कोरोना सङ्क्रमित महिलाले बिहीबार राति अस्पतालमै पहिलो सन्तान पाएकी हुन् । स्वास्थ्यकर्मीको सहयोगमा उनले बच्चा जन्माएकि छन् । सुत्केरी भएकी ती महिलाका श्रीमान समेत कोरोना सङ्क्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।
सामान्य तरिकाबाट बच्चाको जन्म दिएकी महिला र शिशुको स्वास्थ्य सामान्य रहेपनि आमा र बच्चामा कडा निगरानी गरिएको अस्पतालले जनाएको छ । “कोरोना सङ्क्रमित महिलाले बच्चा जन्माएकी छन्, दुवैको अवस्था अहिलेसम्म सामान्य छ ।” अछाम अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मनोज विष्टले वताएका छन् । बच्चालाई कोरोना सङ्क्रमणको आशङ्कामा आमा र बच्चालाई दूध चुसाउने समय बाहेक अलग्गै राखिएको छ । “दूध चुसाउने बेलामा सुत्केरीले स्तन धुने, मास्क र पञ्जा लाउने गरेका छौँ” डाक्टर विष्टले वताए ।
नवजात शिशुमा कोरोना सङ्क्रमण भए नभएको बारे जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अस्पतालको भनाइ अस्पतालले वताएको छ । आमाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । केही हप्ताअघि आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि अछाम अस्पताल क्षेत्र सिल गरिएको छ ।
गर्भवती रहेकी महिलाका दम्पति भारतबाट आएर वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएकै दिन दम्पतीलाई अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अछाममा हालसम्म ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार