शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • पाँच जिल्लामा ५ सय बढी कोरोना संक्रमित, अर्को पाँच जिल्लामा शून्य

पाँच जिल्लामा ५ सय बढी कोरोना संक्रमित, अर्को पाँच जिल्लामा शून्य

  • बिहिबार, असार २५, २०७७
पाँच जिल्लामा ५ सय बढी कोरोना संक्रमित, अर्को पाँच जिल्लामा शून्य

७७ जिल्लामध्ये पाँच वटा जिल्लामा ५ सय बढी कोरोना संक्रमित उपचाररत् छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती जिल्ला महोत्तरी, रौतहट, पाल्पा, कैलाली, बाजुरा र अछाम हुन्। अहिले यी पाँच जिल्लामा पाँच सय बढी संक्रमितको उपचार भइरहेको छ। यस्तै, अर्को पाँच जिल्लामा भने संक्रमित संख्या शून्यमा झरेको छ। जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला छन्।

यसअघि यी जिल्लामा संक्रमित देखिए पनि उनीहरू निको भइसकेका छन्।  पछिल्लोपटक संक्रमित देखिन बाँकी रहेको रसुवामा पनि संक्रमण देखिएपछि ७७ वटै जिल्लामा संक्रमण फेला परेको थियो। बुधबार २५५ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। जसमा ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ७२ जना निको भएका छन्।

बुधबार मात्रै २ सय ५३ जना संक्रमित निको भएका छन्। संक्रमित संख्या र निको भएका संक्रमित हेर्ने हो भने ४८ प्रतिशत संक्रमित निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार