शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देश बलियो हुँनलाई युवा शक्ती हुँनैपर्छ

देश बलियो हुँनलाई युवा शक्ती हुँनैपर्छ

  • बुधबार, असार २४, २०७७
देश बलियो हुँनलाई युवा शक्ती हुँनैपर्छ

हाम्रो देश मा आर्कैले चलाए पछि सरकार,
उसैले निजी स्वार्थमा ढलाए पछि सरकार।

कसोगरी हुँन्छ बिकाश देशभित्र अब हाम्रो,
सरकार भित्रनै आर्को पलाए पछि सरकार।

कुर्चीमा पुग्न लाई अपबित्र गठ बन्धन हुँदा,
हुँदैन बलियो लाछीहरु रलाए पछि सरकार।

अबिस्वाश झाँगिदै जानु स्वभाबिक नै होला,
देश भीत्र भ्रष्टचार लाई फलाए पछि सरकार।

कति दिन सम्म जोगिएला स्वाभिमान हाम्रो,
देशभक्तको मनोबल नै गलाए पछि सरकार।

हो देशभक्त को मुटु पिरो भएकै त्यो दिन ता,
देश भित्रै पबित्र झण्डा जलाए पछि सरकार।

देश बलियो हुँनलाई युवा शक्ती हुँनैपर्छ यहाँ,
कम्जोर भयो युवा अन्त दलाए पछि सरकार।
सुरेशकुमार पान्डे।८-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार