बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • समाज सेवी बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ४ परिवारलाइ राहत बितरण

समाज सेवी बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ४ परिवारलाइ राहत बितरण

  • मङ्लबार, असार २३, २०७७
समाज सेवी बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ४ परिवारलाइ राहत बितरण

 लक्ष्मीराज पाध्याय —  समाज सेवी तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राटसिं बस्नेत र जर्मनी नागरिक एन्ड्रीयाको आर्थिक सहयोगमा बडिमालिका खबरकाे समन्वयमा ४ बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका ४ बिपन्न परिवारलाई ५ हजारका दरले खाद्यन्न सहयोग गरिएको बडिमालिका खबरका सम्पादक पदम सिंहले वताएका छन् ।

करिब डेढ महिना सम्म खानका लागि चामल, दाल, चिनि, साबुन, तेल, नुन सहयोग गरिएको छ । समाजसेवि बस्नेत र एन्ड्रीयाले ४ परिवारका लागि २० हजार नगद सहयोग गरेका थिए, त्यसैमा बडिमालिका खबरले पनि ५ हजार थपेर खाद्यन्न राहत बितरण गरिएको थियो । यो संकटको बेला थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेबि सम्राटसिं बस्नेतले बडिमालिका खबरलाइ बताएका छन् ।

खाद्यन्न सहयोग बडिमालिका नगरपालिका ८ चौराटा बस्ने एकल महिला हुडी देबी बिष्ट, मार्तडी बस्ने महाबिरे लुहार रहेका छन् । त्यस्तै बडिमालिका नगरपालिका २ माझिगाँउका कलमती दमाई र शारदा खत्रीलाई सहयोग गरिएको छ । तिन परिवारलाई खाद्यन्न सहयोग गरे पनि शारदा खत्रिलाई खाद्यन्न सहित नावालक छोराछोरीको लुगाकपडाका लागि भन्दै नगद ५ हजार नगद सहयोग गरिएको छ । माहाबिरे लुहारको जग्गा जमिन नभएको उनको ४ जना परिवार रहेको छ । हुडी देबी बिष्टको २ सन्तान रहेका छन् । उनी एकल महिला हुन् । त्यस्तै शारदा खत्रि पनि एकल महिला हुन्, उनका दुई छोरी र एक छोरा रहेका छन् । उनको पनि आर्थिक अबस्था निकै कमजोर रहेको छ । कलमती दमाईको परिवार बाजुरा पुगे लगत्तै बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माबिको क्वारेनटाइनमा बसे । क्वारेनटानमा बसेको दुई दिनमा उनका श्रीमान भुप्रेन्द्र दमाइले क्वारेनटाइनमा नै आत्माहत्या गरे ।

कलमतीको गाँउमा जग्गा जमिन केही छैन्, घर समेत नभएकी उनले श्रीमानको मृत्यु क्रिया गर्न खर्च देखी लिएर सेतो लुगा किन्न समेत पैशा भएन् । १३ दिन सम्म गर्नुपर्ने कुनै क्रियाकाज केही गर्न सकिन्न । श्रीमानलाई आफैले बोकेर क्वारेनटाइन नजिकै गाडेकी थिईन् । श्रीमानको मृत्यु लाशलाई बेर्ने लुगा देखी धुप वाल्न पैशा समेत पाएनन, रुदै कलमतीले भनिन्, श्रीमान मर्दा सेतो लुगा लगाउन पैशा पाएन, अरु क्रिया गर्न त धेरै टाढाको बिषय रहेको बताईन् ।

हिन्दु धर्म अनुसार क्रियाकाज गर्ने गरेका छन्, आफु सँगै पैशा नभएपछि केही गर्न नपाएको बताईन् । यो संकटकाे बेला उहाँहरुको घरमा चुलो बल्न समस्या भएको थियाे ।  उहाँहरुको सहयोगले ठुलो राहत भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएका छन् । समाजसेवी बस्नेतले बडिमालिका खबरको समन्वयमा यो भन्दा पहिला पनि १२ परिवारलाई खाद्यन्न सहयोग गरेका थिए । सम्राटसिं बस्नेतको पहलमा बाजुराका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ५ जनाको अहिले पनि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार