शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

  • मङ्लबार, असार २३, २०७७
पछिल्लो २४ घन्टामा ६ सय ८८ जना डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा ६ सय ८८ जना स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये ७ हजार ४९९ निको भइसकेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या १६ हजार १६८ को आधारमा निको हुनेको प्रतिशत ४६.४ रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार यसअघि ७७ जिल्लामा नै पोजिटिभ देखिएको मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार