शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को परीक्षा : विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

कक्षा ११ को परीक्षा : विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

  • सोमवार, असार २२, २०७७
कक्षा ११ को परीक्षा : विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

काठमाडौँ — सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो ।

गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७ स्वीकृत गरी आवाश्क कार्याथ विश्व विद्यालय अनुदान आयोगमा पठाइसकेको पनि जनाएको छ ।

आयोगले पनि उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयले कार्यान्वयनको लागि जारी गरिसकेको मन्त्रालयले जनाएको छ । जुन प्रारुपले परम्परागत औपचारिक पद्धतिद्धारा सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका पठनपाठन, अनुसन्धान परीक्षा र मुल्यांकनका सम्बनधमा कोभिड १९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त सान्र्दभिक व्यवस्था गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार