शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • गाउनु अघि असाध्यै डराएका थिए गायक

गाउनु अघि असाध्यै डराएका थिए गायक

  • सोमवार, असार २२, २०७७
गाउनु अघि असाध्यै डराएका थिए गायक

नुराग बसुको फिल्म ‘मर्डर’ सन् २००४ मा रिलिज भएको थियो । यो फिल्मका कारण मल्लिका सहरावत र इमरान हाशमीजस्ता कलाकारले अत्यधिक चर्चा हासिल गरेका थिए । यो फिल्म बोल्ड दृश्यका सहित आफ्नो सङ्गीतका कारण पनि चर्चामा आएको थियो । मर्डर फिल्मको गीत ‘भीगे होंठ तेरे’ सुपरहिट भयो । यो गीतमार्फत् गायक कुणाल गांजावालाले पनि निकै चर्चा बटुलेका थिए । यद्यपि, कुणाल भने गीतको शब्दका कारण निकै डराएका थिए । यो कुरा उनी आफैंले जानकारी दिएका हुन् ।

कुणालले जूम डिजिटलसँगको कुराकानीमा भने, ‘म यो गीतको शब्द हेरेर म निकै डराएको थिएँ । फिल्ममा को काम गरिरहेका छन् भनेर मलाई थाहा थिएन । मैले यो गीतको तयारीका लागि खासै समय पनि पाइरहेको थिइनँ । यो गीतलाई निकै रोमान्टिक तरिकाले गाउन मात्रै भनिएको थियो ।’

कहिले बन्न चाहन्नथेँ प्लेब्याक सिंगरः कुणाल

उनले भने, ‘मैले रिहर्सलको माग गरेको थिएँ तर फिल्मलाई निर्माण गर्ने विशेष फिल्म्सले अस्विकार गरिदियो । मैले यो गीतलाई २० मिनेट मात्र दिन सकेँ । म स्टुडियोमा आएँ, गीतको लिरिक्स हेरेँ र रेकर्ड गरेँ । यो एक सटमा ओके भएको थियो । म यो गीतका लागि पहिलो रोजाई पनि थिइनँ । म कहिले पनि प्लेब्याक सिंगर बन्न पनि चाहन्नथेँ । मलाई थाहा नै थिएन कि सङ्गीत पनि करियर हुनसक्छ किनभने यो मेरो लागि विकल्प नै थिएन । मलाई थाहा थिएन कि म गाउन पनि सक्छु । यद्यपि, त्यसपछि मलाई थुप्रै कम्पोजरले मौका दिए जसमा ए आर रहमानजस्ता दिग्गज पनि समावेश छन् ।’

चर्चामा

सम्बन्धित समाचार