शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयत्‍नमा ओली

कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयत्‍नमा ओली

  • आइतवार, असार २१, २०७७
कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयत्‍नमा ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका छन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको साझेदारीमा सरकार सञ्‍चालन गर्नेसम्मको बारेमा छलफल भएको स्रोतको दाबी छ । औपचारिक रुपमा भने कांग्रेसँग सरकारको साझेदारी र ओलीलाई काँध थाप्ने कुरा नभएको नेताहरु बताउँछन् । सभापति देउवाले जारी केन्द्रीय कार्यसमिति बैठकमै ओलीसँग असार १७ गते र आइतबार नेता सुवास नेम्वाङसँगको भेटबारे संक्षिप्त जानकारी गराएका थिए । उनले आफूलाई भन्दा भेटको चाँजोपाँजो मिलाउने कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बढी जानकारी भएको भन्दै भित्री कुरा भने खोल्न चाहेनन् ।

सत्ता गठबन्धनका खेलाडी मानिने देउवाले दुवै भेटलाई संवैधानिक आयोगको पदाधिकारीहरुको नियुक्तिसँग जोडेका छन् । उनले आफूनिकट नेताहरुसँग असार १७ गतेकै भेटमा आयोगका पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटेको जानकारी गराएका थिए । नेम्वाङसँगको भेटमा संवैधानिक आयोगको नियुक्तिको विषयलाई जोड दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार