शुक्रबार, बैशाख १४, २०८१

परिणाम! (कथा)

  • शनिबार, असार २०, २०७७
परिणाम! (कथा)

 सुरेशकुमार पान्डे। कथा! यो पिउँने चिच होईन यस्लाई पिउँनै हुँदैन यस्ले नोक्सान गर्छ! भन्दै भोला रामले आफ्ना छोरा छोरीलिई सम्झौँछन उन्को हातमा रौसिको गिलिस र एउटा बोतल नजिकै को टेबुलमा राखेका थिए।साँझपरेको बेलामा पुतलीले भित्र भान्शा पकाउँन थालेकि थिईन।भोला रामका पाँच भाई बैना मध्य दुई भाई र तिन बैनिहरु थिए।उनिहरुले चारै तिरबाट आफ्नो बाबा लाई घेरेका थिए।पुतलिले आफ्नो लोग्ने लाई थोरै चटनि बनाएर लग्दिन। बाबु यो सिक्रेट सल्काएर ल्याउ बा!भन्दै एउटा चुरोट निकालेर छोरालाई दिन्छ।उ नबलि सिक्रेट सल्काएर ल्याउँछन दुई सर्को सिक्रेट भित्र लुक्या झैँ गरेर पुतलिलेपनि स्वाँठ्ठै तान्छिन र छोरालाई दिन्छिन छोराले भाईर दलानमा बसेर मदिरा पिउँन थालेको आफ्नो बाबा लाई दिन्छ। छोरीले टुक्कि बालेर भाईर दलानमा ल्याई दिन्छिन।

पुतलि र भोला रामका पाँच भाबिना मध्य तिनौटी छोरी र एउटा छोरा स्कुलमा पढ्छन एउटीले दशमा आर्किले नौ मा तेस्रो छोरीले आठमा छोराले पाँच क्लासमा अध्यायन गर्दै आएका छन आर्को छोरा भने काखमा छ।भर्खर बर्ष दुईको। बाँकि छोरा छोरीले अब लगभग सबै बुझ्ने भैसकेकाछन।भोला राम पनि बिदेशमा बसेर आएका राम्रै पैसा कमाएका पक्कि घर हालेका राम्रै ब्यबस्था भयको ब्याक्ति हुँन। उन्ले सदै भरी जब आफुले मदिरा सेवन गर्न थाल्थे बच्चाहरुलाई आफ्नो निजिक बोलाएर शिक्षा दिन थाल्दथे।उनका छोरीहरु अलि लजालु थिए साहिद लगातार बर्सौँदे जन्मेका छोरीहरु भयर होला खासै स्यार सुसार नभयको जस्तै देखिन्थे दुब्ला र पातला थिए भने छोरा अलि फुर्तिलो र निडर चञ्चल स्वाभावको थियो। बाबाले सम्झाएर बाहिर के निस्किए उँन्ले स्ट्रे मा राखेको चुरट लाई एक सप्पका स्वाठ्ठै तान्छ।दिदीहरुले उस्को मुखमा हेरेर खितिति हाँस्छन तर ठुलि छोरीले हप्काउँछिन र सबै चुप्प लाग्छन।

भोला धङ्ग-धङ्गँ गर्दै भित्र फर्किन्छ,एक प्रकारले सबै सान्त बसेको देख्छ।छोरा छोरीले बाबाको आँखा तिर हेर्छन उस्लाई मदिरा चडेको थियो।बाबाका राता राता आँखा देखेर सबै खासखास खुस्खुस गर्दै आपसमा केहि भन्थे।भित्र भान्शा पनि पुतलिले तैयार पारि सकेकि थिईन।भोला खाटमा बसेको थियो तर उस्लाई खासै होश थिएन।पुत..पुतली मलाई भोक कत्तिछैन तिमिहरु ले खाना खाए भन्दै उ त्यो खाटमा भुर्लुङ्गै पल्टिन्छ।उस्को जिब्रो लागेको थिएन!ठुलि छोरीले उस्को टाउकामुनि सिरानी राख्छिन।उनि लगभग पन्द्र बर्षकी भैसकेकी छिन उन्मा राम्रा गुणहरु पनि थिए।उन्लाई आफ्नो बाबाको कुरा र ब्यबहार मनपर्दैन थ्यो तर के गर्ने आमा पनि उस्तै उस्तै थिईन।

आमा बाबा दुबैले छोराहरुलाई अन्धो मायाँ गर्थे छोरीहरुलाई भने खासै वास्ता गर्दैनथे।छोरीहरु सरकारी स्कुलमै पढाई गर्थे भने छोरालाई उन्ले बोडिङ स्कुलमा भर्ना गरेका थिए।यो एक पर्कारले छोरा र छोरीमा गरेको बिभेद ठान्थिन।तर बोलेपछि आमालेपनि भो नबोल फोथी बास्ने चलन छैन यँहा भनेर हप्काउँथिन।त्यसैलेपनि ठुलि छोरीलाई आमा बाको बानि ब्यबहार देख्दा देख्दैपनि बिरोध गर्ने हिम्मत हुँदैन थ्यो।छोराले गरेका सबै जसो गलतिहरु लाई दुबैले नजर अन्दाज गर्थे।ठुलि लाई आफ्नो भाई बिग्रिन्छ कि भन्ने डर थियो।

सबैले भित्र खाना खान तिर ब्यबस्थ थिए दलानमा एउटा खाटको माथि भोला राम निदायो।टुक्कि बालेर पढ्न थालेको त्यो केटाले टेबुलमा भयको बोतलको ढक्कन खोलेर बिस्तारै थोरै रक्सि चाखि हाल्छ।अनि उस्तै ढक्कन लगाएर राख्छ।यो आर्कि माईली चाहिनिले देखेकि थिई। उस्ले आफ्नो दिदिलाई यसबारेमा अबगत गराई दिन्छे।भान्सा गर्दा गर्दै उठेर भाईर बाट बत्ति ल्याउँने निहुँ मा दलानमा आएर त्यो बोतेल उठाएर भित्र लगेर आमालाई राख्दिन भन्छिन।उन्ले त्यसो नगरेको भय त्यो केटाले अरु रक्सि घोक्थ्यो।

भान्सा गरेर सबै सुत्छन भोलि पल्ट फेरी छोरालाई भोला रामले सिक्रेट लिन दोकानमा पठाउँछ।यसरी दिन बित्तदै गय छोरापनि अलि छिप्पिँदै गयो।तर पढाईमा कत्ति मन लगाउँदैन थियो जन तन पास हुन्थ्यो।ठुलि छोरी पढाईमापनि अब्बल थिई उस्तै घरको काममा पनि आमाको हात बढाई दिन्थिन।दिनहरु बित्दै गय तर बाबाको बानि कहिलेई सुध्रिएन।उनि रक्सि पिउँने गाँजा पिउँने जेपनि नसा गर्थे नसामा सदै बच्चाहरुलाई नसिहत सुनाउँथे। छोरा रक्सि कहिलेई नपिउँनु चोरट पनि नपिउँनु भन्दै एउटा हातमा गिलास र मुख बाट सिक्रेटको धुँवा सुस्त सुस्त फाल्थे अनि बुझ्यो?छोरीहरु छोरामान्छेको बिचमा नजानु ,नबोल्नु!भन्दै सम्झाउँथ्यो।बिस्तारै छोरा लाई आफ्नो बाबा जस्तै सबै नसाहरु लाग्न थालेका थिए।कसैले उस्को बिरुद्धमा बोल्न पाउँदैनथ्यो।

उ जब दश कल्समा अध्यायन गर्न थालेको थियो त्यति बेला सम्म उस्लाई तास,रक्सि र यस्तै अन्य कलहोलको नशा लागि सकेको थियो।दशमा कयौँपल्ट फेल भयो र एकपल्ट त अध्यापक समेतलाई अहिले म फेल भयँ भने..भन्दै औँला देखायो! उन्ले घर खबर गरेपछि बाबाले स्कुल पिन्शिपल सँग माफि पनि माग्नु पय्रो।

एकदिन जब बाबा कतै गयको फर्केर घर आईपुग्यो त्यँहाको नजारा देखेर उस्को स्वास तलको तलै र माथिको माथिनै रहय्रो। आज सदै आफै चलाउँने क्लास छोराले चलाउँदै थियो। ०४-०७-२०२०, (यो कथा काल्पनिक हो यो सँग कसैको नाम वा निजि जिवन सँग मेल खायो भने संजोगनै हुँनेछ।त्यसबाट हुँने कुनैपनि कष्ट प्रति क्षामा पार्थि छुँ। साथै लेखकले धूर्मपान,मदिरा वा कुनैपनि मादक पदार्थको प्रयोग गर्दैन र अरु लाईपनि प्रयोग नगर्न अनुरोध र जन हितमा अपिल गर्दछ।)धन्यावाद!

चर्चामा

सम्बन्धित समाचार