शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ पहिरोमा पुरिएका चार जनाको शव निकालियो, अन्यको खोजी जारी

बझाङ पहिरोमा पुरिएका चार जनाको शव निकालियो, अन्यको खोजी जारी

  • शनिबार, असार २०, २०७७
बझाङ पहिरोमा पुरिएका चार जनाको शव निकालियो, अन्यको खोजी जारी

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।

वडा अध्यक्ष गणेशबहादुर बोहोराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको दिनेश खबरलाई जानकारी दिए।

पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा,१५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन्।

उनीहरुको खोजी कार्य जारी राखिएको वडा अध्यक्ष बोहोराले बताए। गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको उनले बताए।

राती पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाएपनि सात जना भने पहिरोमा पुरिएका थिए। वडाध्यक्ष बोहोराले पहिरोका कारण विस्थापीत भएकाहरु रातभरी खेतबारीमा पाल टागेर बसेको बताए।

सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन्।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ हिडेको भएपनि अहिले सम्म पुग्न नसकेको बताए।

चर्चामा

सम्बन्धित समाचार