शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनफ बाजुराले अबका कार्यक्रम कोबिट १९ केन्द्रीत गर्ने

आईएनफ बाजुराले अबका कार्यक्रम कोबिट १९ केन्द्रीत गर्ने

  • शुक्रबार, असार १९, २०७७
आईएनफ बाजुराले अबका कार्यक्रम कोबिट १९ केन्द्रीत गर्ने

बाजुरा — आईएनफ बाजुराले यस बर्ष देखी नियमित हुने कार्यक्रमहरु कोबिट १९ केन्द्रीत गर्ने भएको छ । यस अघि बाजुरामा आईएनफ बाजुराले जिबिको पार्जन, समाबेशी बिकाश सशक्तीकरण लगायतका कार्यहरु गर्दै आएको परियोजनाले अब कोबिट १९ संग सम्बन्धीत कार्यहरु पनी गर्ने भएको छ ।
सदरमुकाम मार्तडीमा सम्पन्न परियोजनाको जिल्ला सल्लाहकार समितिको बैठकमा सो कुराको जानकारी गराएको आईएनफ बाजुराका परियोजना अधिकृत तिलक भण्डारीले बताए । पुराना केही परियोजना निरन्तर रहने केही परीयोजनाहरु यो बर्षदेखी सकिने भए पनी अब आउने कार्यक्रमहरु कोबिट १९ रोकथाम तथा नियन्त्रण सम्बन्धीत हुने भएको भण्डारीले बताए ।
सो बैठकमा यो बर्षको बार्षिक समिक्षा तथा आगामी कार्यक्रमको बारेमा जानकारी गराउने र आगामी कार्यक्रम कसरी संचालन गर्ने भन्ने बिषयमा सो कुराको जानकारी गराएको भण्डारीले बताएका छन । हाल बाजुरा जिल्ला लगायत १४ जिल्लामा साे परियाेजनाले काम गरीएकाे बताएका छन । बाजुराकाे हिमाली गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका र बडीमालिका नगरपालिकामा काम गरीरहेकाे भण्डारीले बताएका छन् ।
जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण आईएनफ बाजुराका परियोजना अधिकृत तिलक भण्डारीले गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी भिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी जिल्ला परियोजना सल्लाहकार समितिका पदाधिकारी पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको संचालन सगिंता तिमिल्सिेनाले गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार