शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जिन्दगी नै नर्क भयो सिमा पार गएपछि,

जिन्दगी नै नर्क भयो सिमा पार गएपछि,

  • शुक्रबार, असार १९, २०७७
जिन्दगी नै नर्क भयो सिमा पार गएपछि,

जिन्दगी नै नर्क भयो सिमा पार गएपछि,
पुर्खौली पाटो पनि बाँझियो यार गएपछि।

मेरो ब्यबहारले केशंदेश मिल्ला नातिलाई,
कम्जोरी अंक्श बनेर सिरमा मार गएपछि।

बाबा भन्नुहुँथ्यो बल हुँन्छ मकैको आटोमा,
मान्नु पर्थ्यो देश जोगाउँने औजार भएपछि।

बाबा कै राम्रा राम्रा बानि छानेर राख्नु पर्छ,
म आफै यो देशकै साख्खै औतार भएपछि।

कसरी बनाउँन सक्किन्छ अखण्ड देशलाई,
बिदेशी को त्यो जाल घाँटीको हार भएपछि।

मेरो देशको ईज्जत त्यहि दिन गएको थियो,
भ्रष्टचारको हैड लाईन नै अखबार भएपछि।

देशको झण्डा पोलेर अनि सपुत मारे उनैले,
उनिहरुको हात मा बिदेशी तरवार भएपछि।
सुरेशकुमार पान्डे।०३-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार