बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार ढाल्ने प्रयास कस्को ईसारामा हुँदैछ?

सरकार ढाल्ने प्रयास कस्को ईसारामा हुँदैछ?

  • शुक्रबार, असार १९, २०७७
सरकार ढाल्ने प्रयास कस्को ईसारामा हुँदैछ?

सुरेशकुमार पान्डे। अहिले देशमा फेरी कुर्चि खोस्ने शडयन्त्र भयकोछ।त्यो पनि अरु बाट होईन स्वयम सरकार भित्र बाटनै भयकोछ।आखिर किन आयो सरकरले सरकारलाई फाल्ने नीति?आखिर यो कस्को ईसारामा हुँदैछ र वली सरकारलाई फाल्नुको उदेश्य केहो?याबत प्रश्नहरु आज जनताको माझमा तेर्छिएकाछन।हुँनता जनतालाई वलि आउँन वा अरुकोई आउस केहि फरक पर्दैन।

तर अहिले देशको लागि थोरैभयपनि अडान लिएकै बेला किन ढाल्ने? केपी ओली र प्रचण्डको पार्टीहरु बिच एक आर्कामा मर्ज भयपछि उनिहरु सँग दुई तिहाई बहुमत छ।यतिबेला वलीले ईतिहाशमा कहिलेपनि कसैले गर्न नसकेको काम खास गरेर कालापानी लिपिया धुरा लिपुलेख लाई देशको नक्सामा राखेर सम्बिधानको दोस्रो शंसोधन गरेर जेष्ठ३१गते शनिवारका दिन २०७७मा सदनबाट सर्वसहमतिले पारित गराए।२७५जना मध्य२५८जनाको उपस्थिति रहेको उक्त सदनमा सबै मत पक्षमा परेका थिए।जस्लाई देखेर नागरीकहरु देशको भबिश्य शुन्दरछ भनेर रमाएकाछन।यध्यापि अँझै उक्त भुभाग खालि गर्ने चुनौति सरकारलाई छ।

अहिले मात्रै कागजमा कोरिएको हो।देशभित्र एम सीसीको आर्को भयङ्कर रोघ हाम्रो माथि तरवार बनेर झुण्डिएको बेला।देशभित्र जनताको माग छ यो एम सीसीलाई पनि वलि सरकारले खारेज गर्नु पर्छ।यहि बेला देशमा कोविड७६ले भयङ्कर रुपलिएको बेला छिमेकिले मनमानि गर्दै आयो।सरकारले उस्को मनमानिको जवाफ दिएकै बेला आखिर प्रचण्डलाई सरकारको खुट्टा तान्न किन परेकोछ?यात पुष्पकमल दहालले छिमेकको प्रतिनिधित्व वा दलाली गर्दैछन?बिगतमा बाबुरामलाई “रअ”को बेच भिराएका अहिले त्यो सिट प्रचण्डले त लिएका छैनन्?सोचनिय बिषय यो हो।यदि त्यसो होईन भनी शंघर्षकै मैदान मा डटेको बेला वलीको साथ दिनु पर्दथ्यो।यँहा कुर्चिको मात्रै कुराछैन यँहा त राष्ट्रीयताको सवालछ।

देशलाई एति बेला एउटा बलियो सरकार को आबस्याकता परेको बेला आपसमा कुर्चि तानातान गरेर कस्लाई फाईदा हुँन्छ?वास्तबमा भारतलाई फाईदा पुराउँन सरकारलाई कम्जोर बनाउँने जुन प्रयास हुँदैछ।यो कहाँ बाट सञ्चालित भयको हो यो प्रष्टट भैसकेकोछ। देशले अब आत्म निर्भर बन्छ कि भनेर आसा गरेकै बेला सरकारको भित्रै यसरी खुट्टा ताना तान गरेर देश र जनताको बिष्वाश सँग घात गर्दैछन।देशभित्र बसेर देशको सर्वोच्च स्थानमा बसेर बिदेशको हितमा नाङ्गो दलालि गर्ने र खुलेआम आफैले पाँच हजार मान्छे मारेको स्विकार्ने प्रचण्डलाई अहिले सम्म कुनै कार्वाही गर्न नसक्नाले पनि देश भक्तको सरकारलाई खतराछ।डा. बाबु राम भट्टराई ले पहिले आफ्नो सरकारको पालामा बिप्पा ल्याएर छिमेकीलाई गुन लगाउँन कुनै कसर छाडेका थिएनन।

उन्ले पछि चरम दलालि गर्न कम्युनिष्ट पार्टी छाडेर नया पार्टी जनशक्ति अनि पछि मधेशी दलहरु सँग मिलेर पुरै भारतको हितमा आवाज उठाएका थिए।आफ्नो मात्रृत्व भुमिको रक्षा गर्न नसकेर बिदेशी सँग सौदा बाजी गर्दै र दलाली गर्दै आउँने तमाम नेताहरुलाई जेलभित्र कोच्नु पर्ने हो तर बिडम्बना उनै सरकारका कर्ता धर्ताछन।पहिले पनि वलिले देशको हितमा अडान लिएका थिए र त्यो बेलापनि वलिलाई सत्ता च्युत गर्ने खेल भयो।उन्ले त्यो बेला संघियतालाई बाख्राको टाउकामा भैँसिको सिहँ भन्दै संघियता को बिरुद्ध अभिब्याकि दिएकोमा उन्लाई सरकार बाट हटाएका हुँन।अहिले वलिले राष्ट्रिय हितमा केहि अडान लिएको सर्विदित्तनै छ जस्लाई सरकारबाट हटाउँन उन्कै सहयोगिले प्रयास गरेकाछन।किन देशको हितमा काम गर्न दिईदैन?प्रष्टनै छ देशभित्र बिदेशी दलालहरुको जमघट छ।जस्लाई बेलाबखतमा प्रयोग गर्दै छिमेकले आफ्नो स्वार्थ पुरागर्ने दाउँमाछ।भारतको आजादि पछिकै ईतिहाश हेर्ने हो भने कुनै छिमेकि देश सँग राम्रो ब्यबहार भयको अपवादनै होला।

हाम्रो देशलाई सिक्किम बनाउँन लगातार दाँउ खोजी रहेकोछ।सिक्किमका राजा च्वोगेल लाई भारतले त्यँहाको प्रजाले राज तन्त्र बिरुद्धमा उठाएको आवाजलाई लिश्नो बनाएर राजाको अधिकारको कटौती गर्दै आफ्नो एजेन्ट लैण्डुवदोर्जे लाई अगाडि सारेर त्यँहाको राजनीतिक दलहरुलाई आफ्नो ईसारामा लडाईगराएर दुबै पार्टीमा आफ्नो कट्पुत्तली हरु लाई जिताएपछि संबिधान सभाको बैठकले नै एक जनाको बिरुद्ध एकतिस जाना ले सिक्किमलाई भारतमा बिलए गराएका थिए।ठिक त्यहि बिस्तारपूर्वक नेपाल लाई भारतमा बिलय गराउँने पहल गर्दै र सपना देख्दै आएको छिमेकीले आफ्नो बिरुद्धमा कुनै गतिबिधी गर्ने सरकार प्रमुखलाई सत्तच्युत गरेर छाड्छ।उस्ले पहिलेपनि माओवादीको कथित जनयुद्ध लाई आफ्नै हितमा प्रयोग गय्रो।त्यो बेलापनि बाबुराम र प्रचण्डको बिचमा युद्धनै चलेको थियो।

भारतले बाह्र बुँदे समज्दारीमा प्रकाश समेतलाई उपयोग गरेको ईतिहाशछ।अहिले देशमा त्यहि खिचडी पाक्दैछ त्यो खिचडी छिमेकीको ईसारामा पाक्दैछ।मात्रै कुर्चिको होईन खेल दलालिको हो जस्ले दलालि बढी गर्छ वा गर्ने सर्त मान्छ सरकार उसैको बन्नेपनि निश्चितछ।वलिको सरकार लाई यो बेला गिराउँन प्रयत्न गर्ने अरु कुनै कारणछैन।हो देशमा बिकाश भयको छैन युवाहरु बेरोजगारछन।अहिलेको यो बिस्व ब्यापि कोरोनाका कारण बिदेशमा मज्दुरी गर्नेहरु देशमा बेरोजगार बसेकाछन।भ्रष्टचार मा कुनै नियन्तरण छैन,जातिय लैङ्गिए बिभेद उस्तै कायमछ।

तरपनि देशको हितमा अंश भयपनि अहिले अडान लिएको वलि सरकार लाई फाल्नै पर्ने मुद्धाहरु उपरोक्त होईनन् केवल छिमेकीको ईसारामा भयको प्रष्टछ।एम सीसी देश भित्रिएकोछ जो अहिले सम्मको सबै भन्दा राष्टघाती हो जस्लाई प्रयोग गरेर साम्राज्यावादी शक्तिले देशको दोहन गर्ने र उस्को बिरुद्धमा जनता चुँपनि गर्न नपाईने मिलेनियम च्यालेन्जर जो भर्खरैको कोवेड ७६ भन्दापनि डरलाग्दो रोग लाई भित्रीनै नदिनु पर्ने।संघियता जस्तो खर्चिलो र बिखण्न कारी नीति खारेज हुँनु पर्ने यस्ता कयौ राष्ट्रमा आई परेका रोगको बारेमा छलफल हुँदैन बरु जब कसैले देशको हितमा थोरै भयपनि अडान लिन खोज्छ ठिक त्यहि बेला उस्लाई सत्तबाट हटाउँने खेल सुरुहुन्छ।

नागरिकता बिध्याय र काला पानिको मुद्दा अहिले देशको पक्षमा गरिएकाछन यसैलाई लिएर छिमेकले वली सरकारलाई हटाउँन चलेको चाल हो भन्दा गलत नहोला। जो पहीले भयो वलिको पालामा अहिलेपनि ठिक त्यही हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार