बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डडेल्धुरा प्रयोगशालामा १३ जनाको कोरोना परीक्षण

डडेल्धुरा प्रयोगशालामा १३ जनाको कोरोना परीक्षण

  • शुक्रबार, असार १९, २०७७
डडेल्धुरा प्रयोगशालामा १३ जनाको कोरोना परीक्षण

नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका प्रयोगशालाका ईन्चार्ज ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार