शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • बाजुरा : श्रीमानको मृत्युमा सेतो लुगा लगाउन र क्रिया गर्न समेत पैशा पाएनन

बाजुरा : श्रीमानको मृत्युमा सेतो लुगा लगाउन र क्रिया गर्न समेत पैशा पाएनन

  • बिहिबार, असार १८, २०७७
बाजुरा : श्रीमानको मृत्युमा सेतो लुगा लगाउन र क्रिया गर्न समेत पैशा पाएनन

२४ बर्ष देखी भारत बस्दै आएका बडिमालिका नगरपालिका २ माझिगाँउका कलमति दमाईको ६ जनाको परिवार कोरोनको कहरले नेपाल गाँउ फर्कायो । कलमति दमाईका बिरामी श्रीमान सहित ६ जनाको परिवार बाजुरा पुगे ।
कलमति दमाईको परिवार बाजुरा पुगे लगत्तै बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माबिको क्वारेनटाइनमा बसे । क्वारेनटानमा बसेको दुई दिनमा उनका श्रीमान भुप्रेन्द्र दमाइले क्वारेनटाइनमा नै आत्माहत्या गरे । लामो समय देखी दमको बिरामी रहेका भुप्रेन्द्र आर्थिक अभाबले गुज्रिरहेका थिए । भारतको दिल्लीमा बस्दै आएकी कलमति घरमा काम गरेर श्रीमानको उपचार र परिवार पालिरहेकी थिईन् । कोरोनाले लकडाउन भएपछि उनको परिवार नेपाल आएको थियो ।
कलमतिका ४५ बर्षका श्रीमानले जेठ ३० गते शुक्रवार साँझ क्वारेनटाइनमा आत्माहत्या गरेका थिए । उनी २८ गते मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । मृत्यु पछि उनको स्वाब संकलन गरेर धनगढी पठाएको थियो, पिसिआर रिपोटमा उनको कोरोना पोजेटिभ आएको थियो ।
कलमतिको गाँउमा जग्गा जमिन केही छैन्, घर समेत नभएकि उनले श्रीमानको मृत्यु क्रिया गर्न खर्च देखी लिएर सेतो लुगा किन्न समेत पैशा भएन् । १३ दिन सम्म गर्नुपर्ने कुनै क्रियाकाज केही गर्न सकिन्न । श्रीमानलाई आफैले बोकेर क्वारेनटाइन नजिकै गाडेकि थिईन् । श्रीमानको मृत्यु लाशलाई बेर्ने लुगा देखी धुप वाल्न पैशा समेत पाएनन, रुदै कलमतिले भनिन्, श्रीमान मर्दा सेतो लुगा लगाउन पैशा पाएन, अरु क्रिया गर्न त धेरै टाढाको बिषय रहेको बताईन् । हिन्दु धर्म अनुसार क्रियाकाज गर्ने गरेका छन्, आफु सँगै पैशा नभएपछि केही गर्न नपाएको बताईन् ।
बिरामी श्रीमान त मरिसके ४ जना छोरा छोरी छन्, अब परिवार कसरी पाल्ने चिन्ता भएको उनले वताईन्, अहिले वडा कार्यलयले दिएको ३० केजी चामलले छाक टारिरहेका छौ, घर नहुँदा अरुको घरको गोठमा बस्दै आएको वताईन् । भारत गयौ सबै परिवार त्यहाँ घरमा काम गरेर परिवार पाल्थे, अब नेपालमा न काम गर्न ठाँउ छ, कसरी परिवार पाल्ने चिन्ता भएको उनले वताईन् ।
क्वारेनटाइनमा आरडिटि चेक गर्दा नेगेटिभ आएपछि उनको परिवार गाँउ गएका छन् । न घर छ न पैसा छ न जग्गा छ, आर्थिक अभाबले श्रीमानको उपचार गर्न नसक्दा श्रीमान पनि बिरक्त्त भएर आत्माहत्या गरेको हुन सक्ने कलमति बताँउछन् । वडा अध्यक्ष डम्मर महतले भने गरिबिले निकै गुज्रिएको परिवार खान लाउन निकै समस्या भएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार