बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाँच्न बिवसछौँ उन्कै दमनमा मज्दुर

बाँच्न बिवसछौँ उन्कै दमनमा मज्दुर

  • बिहिबार, असार १८, २०७७
बाँच्न बिवसछौँ उन्कै दमनमा मज्दुर

खारिए पुँजीवादको आरनमा मज्दुर,
बाँच्न बिवसछौँ उन्कै दमनमा मज्दुर।

धनि गरीब भाई भाईका नारा लगाउँदै,
लुट्टिन्छन सदियौ आफ्नै पनमा मज्दुर।

आफ्नै परिश्रमको ज्याला मिलेन कतै,
पौरख पोख्यौँ प्राणधान्ने धनमा मज्दुर।

हातै भरी ठेला परेका देख्छौँ हामिहरु,
दिनौरातनै हुँन्छ हँसिया घनमा मज्दुर।

गरिबले सकेन प्रर्वरीश गर्न छोरा छोरी,
पालेको हुँन्छ बच्चाहरु जतनमा मज्दुर।

उठ्नै सकेन जिवनमै दस नंग्रा खियाई,
दबियो सदैभरी रिणकै वजनमा मज्दुर।

सोशक ले ता देश देख्यो दुनिया देख्यो,
गरीब जन्मिन्छ मर्छ यहि बनमा मज्दुर।

आफ्नो चिन्ता छैन धनिको रक्षक बन्यो,
तैयार बसेको हुँन्छ मर्न कफनमा मज्दुर।

यो सेतेको पनि त बितेन देशमै जिन्दगी,
सदै बस्यो परदेश को उल्झनमा मज्दुर।
सुरेशकुमार पान्डे।०२-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार