बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनले लगायो भारतीय च्यानल, संचारमाध्यम र वेभसाइटमाथि प्रतिबन्ध

चीनले लगायो भारतीय च्यानल, संचारमाध्यम र वेभसाइटमाथि प्रतिबन्ध

  • बुधबार, असार १७, २०७७
चीनले लगायो भारतीय च्यानल, संचारमाध्यम र वेभसाइटमाथि प्रतिबन्ध

एजेन्सी — भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो ।

तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् ।

त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ ।

त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनुमति दिन्छ । यसमा प्रयोगकर्ताको गोपनियता र पहिचान समेत लुकाइएको हुन्छ ।

भीपीएन प्रविधिले आइपी ठेगाना लुकाइदिने सामथ्र्य राख्दछ, ताकि प्रयोगकर्ताको अनलाइन कार्य पत्ता नलागोस् । तर चीनले यसलाई समेत ब्लक गरिदिन सक्ने प्रविधि निर्माण गरेको छ ।

यद्यपि, भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार