शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोबिन्द केसीले काेल्टिमै गरे बिरामिकाे अप्रेसन

डाक्टर गोबिन्द केसीले काेल्टिमै गरे बिरामिकाे अप्रेसन

  • बुधबार, असार १७, २०७७
डाक्टर गोबिन्द केसीले काेल्टिमै गरे बिरामिकाे अप्रेसन
सरस्वती भट्ट/अनमि फेज नेपाल

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराकाे काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीकाे अप्रेसन गरेका छन् । बिरामीकाे उपचार सँग अप्रेसन समेत गरेकाे काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा‍क्टर राजु राज जैशीले वताएका छन् ।

हातमा नशाकाे समस्या रहेका जगन्नाथ गाँउपालिका ५० बर्षिय बाचकला बिष्टकाे अप्रेसन गरेकाे जैशीले वताएका छन् । उनकाे हाममा समस्या आएकाे थियाे, नशाहरु चल्दैन्, थिए डाक्टर केसीले अप्रेसन गरेकाे उनले वताएका छन् ।

हुम्लाकाे मैलामा उपचार गरेर उनि काेल्टि पुगेर बिरामीको उपचार गरेका थिए । साेमबार प्राथमिक स्वास्थ्य केन्द्र पुगेका केसीले बिरामीको चेकजाँच सँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमि सरस्वति भट्टले वताएकि छन् । उनले बिरामिकाे उपचार सँग त्यहाँकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी समेत लिएका छन् । उनि बुधवार बिहानै जिल्ला अस्पताल बाजुराकाे लागि हिडेका छन् ।

डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसी बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझने रहेको छ । काेल्टि पुगेर बिरामिकाे सेवा दिइरहेकाे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले वताएका छन् ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।केसी शुदुरपश्चिम प्रदेशका दुर्गम गाँउमा मात्र नभई कर्णाली प्रदेशका दुर्गम गाँउमा पुगेर बिरामीको उपचार सँगै निशुल्क औषधि दिईरहेका छन् । बुधवार मात्र बाजुराको कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार