शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा कोरोना संक्रमित ४ सय १२, सबै भन्दा बुढिगंगामा २ सय २३

बाजुरामा कोरोना संक्रमित ४ सय १२, सबै भन्दा बुढिगंगामा २ सय २३

  • मङ्लबार, असार १६, २०७७
बाजुरामा कोरोना संक्रमित ४ सय १२, सबै भन्दा बुढिगंगामा २ सय २३

बाजुरा जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय १२ पुगेको छ । मंगलवार ५ बजे स्वास्थ्य कार्यलय बाजुराले निकालेको प्रेश बिज्ञप्तिमा ४ सय १२ संक्रमित पुगेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बडिमालिका खबरलाई बताएका छन् ।
१ सय ५१ जना महिला र २ सय ६१ जना पुरुषमा संक्रमण देखिएको छ । ९ वटा स्थानिय तह मध्ये ७ वटा स्थानिय तहमा कोरोना संक्रमित बिरामीको पुष्टि भएको छ । खप्तडछेडेदह गाँउपालिका र हिमाली गाँउपालिकामा भने कोरोना संक्रमितको पुष्टि भएको छैन् ।
सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्रिबेणी नगरपालिकामा १ सय ३, बडिमालिका नगरपालिकामा ५८ जना, बुढिनन्दामा २ जना, गौमुल गाँउपालिकामा २२ जना र स्वामिकार्तिक गाँउपालिकामा २ जना संक्रमित भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
७ जना संक्रमित भने कोरोना जितेर घर फर्किसकेका छन् । त्यस्तै २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ बर्षिय वालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो । त्यस्तै क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार