शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • जगन्नाथ गाँउपालिकाकाे आर्थिक बर्ष ०७६/०७७ मा यि भए उपलब्धि

जगन्नाथ गाँउपालिकाकाे आर्थिक बर्ष ०७६/०७७ मा यि भए उपलब्धि

  • मङ्लबार, असार १६, २०७७
जगन्नाथ गाँउपालिकाकाे आर्थिक बर्ष ०७६/०७७ मा यि भए उपलब्धि

जगन्नाथ गाँउपालिकाले आर्थिक बर्ष ०७६/०७७ मा सडक शिक्षाा कृषिलाइ बढि जाेड दिएकाे थियाे । सिचाइ खानेपानिलाइ पनि प्राथमिकता दिएर गाँउपालिकाले विकासमा फड्काे मारिरहेकाे छ । गाँउपालिकाका राेजगार स‌ंयाेजक लक्ष्मण जाेशिकाे सहयाेगमा गाँउपालिकामा के उपलब्धि भए भन्ने बारे सामाग्रि तयार गरेका छाै ।

गाँउपालिकामा संघियताको महत्वपुर्ण आधारको रुपमा रहेको स्थानिय सरकारको आधारशिला तयार भएको छ ।आफ्नो  संवैधानिक अधिकारका क्षेत्रहरु कार्यान्वनका लागी विभिन्न स्थानिय कानुनहरुको निर्माण, वडा तह र गाउँपालिकामा जनताहरुलाइ प्रवाह गर्ने सेवाहरुमा समस्या नआओस भन्नका लागि कानुनी रुपमा करारमा कर्मचारीहरुको पदपुर्ति गरि सेवा प्रवाह भइरहेकोछ। निष्पक्ष, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह भएको छ ।अर्कातिर स्थानिय स्तरमा रहेको जशक्तिको उचित परिचालन भएको जनताले महसुश गरेका छन् ।

विकास निर्माणका कार्यहरु तिव्र रुपमा संचालन गर्न र आम नागरिकहरुलार्इ गुणस्तरीय सेवा घरदैलो सम्म पुर्याउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस गाउँपालिकको लागी तयार पारेको दरबन्दि तेरिज अनुसार लोकसेवा आयोग बाट प्रशासन सेवातर्फ १५ जना कर्मभचारीहरु हाँजिर भएर कामकाजमा खटिएका छन । नेपाल सरकारको नीति अनुरुप स्वास्थ्य सेवाका ६ जना कर्मचारीले जगन्नाथलाई रोजी समायोजन भई आएका सबै कर्मचारीको पदपुर्ति पश्चात प्रत्येक जनताले वडा कार्यालय बाट सेवा प्राप्त गरिरहेका छन ।हाल गाँउपालिकामा ८५ जना स्थायी र करार कर्मचारी कार्यरत रहेका छन् ।

गाँउपालिकाकाे अगुवाइमा र समन्वयमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कर्णाली करिडोरको लैफुडाँडा देखि हिमाली गाउँपालिकाको लेब्डिसम्म यातायात सेवाको संचालन पश्चात जनतालाइ नेपालगंज, सुर्खेत र काठमाण्डौ सम्म आवतजावतमा सहजता भएकोछ। जगन्नाथ गाउँपालिकाको वडा नं ६ को काप्री, वडा नं ५ को भुकाखोला,वडा नं ३ को बेर्मा बजार,गाउँपालिकाको केन्द्र जुड्डि,पिलुचौर र कोल्टि सम्म सुरक्षित, भरपर्दो र सहज रुपमा स्थानिय यातायात सेवाको संचालन गर्न सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेकोछ ।

गाँउपालिकाले प्रत्येक वडा कार्यालय सम्म यातायात संचालन गर्नका लागि पिलुचौर ढाडाकोट सडक, शेरा काँडाकोट सडक,कर्णाली करिडोरको बेर्मा बजार देखि मालिका जोडने सडक,कैलास मा.वि.,ढोलीबाडा,थारीकाँडा सडक र ओदाला देखि ६ नं वडा कार्यालय हुदै डाँग्री बाडा सम्म सडकको पहिलो चरणको काम सम्मन्न पश्चात यातायात सेवा संचालन भइरहेको छ,भने द्रोस्रो चरणमा सडकको स्तरोउन्नतिका लागि ठेक्का प्रक्रिया द्धारा सम्झौता भई काम संचालन भइरहेको छ ।यातायात संचालन पश्चात गाँउको उत्पादन बजार सम्म र बजारका दैनिक उपभोग्य र निर्माण सामाग्री सस्तो शुलभ तरिका बाट जनताको घर दैलौ सम्म सहज तरिकाले पुगेको छ।

अति बिपन्न घरधुरीलाई स्थानिय स्तरमा रोजगारी उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारको महत्वपुर्ण कार्यक्रमका रुपमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ वटै वडाहरुबाट १३५ जना कामदार छनोट भै ५ वटा योजनाहरुमा काम गरि एक महिनाको रोजगारी प्राप्त गरेका छन् । गाँउपालिकाले यसै आर्थिक बर्ष बाट शुरुवात गरेको अध्यक्ष रोजगार कार्यक्रम मार्फत ६ वटै वडाका १८० घरधुरीले ३० दिनको रोजगारी प्राप्त गर्नुका साथै ६ वटा भौतिक पुर्वाधार निर्माणका काम सम्पन्न भएका छन ।

गाउँपालिका र वडा कार्यालयका आफ्नै स्थायि संरचना नहुँदा केहि अवधि सम्म भाडामा भए पनि सेवा संचालन गरीएकोमा यसै बर्ष बाट वडा नं १,२,५ र ६ नं वडा कार्यालयहरुको भवन निर्माणको लागी ठेक्का प्रक्रिया मार्फत भवन निर्माणको काम भइरहेको छ,भने गाँउपालिकाको केन्द्र जुड्डीमा ७ कोठाको भवन निर्माणको काम सम्पन्न भएको छ । युवा तथा खेलखुद मन्त्रालयको नीति अनुरुप स्थानिय तहमा दीर्घकालिन महत्वका खेलकुद पुर्वाधार (खेलग्राम) निर्माणको लागि जगन्नाथ गाँउपालिकाको केन्द्र,जुड्डीमा पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ।

जनताको स्वच्छ पिउने पानिको अधिकार सुनिश्चित गर्नका लागि गाँउपालिकाले बल्देजुड्डी खानेपानी,गवाकोट खानेपानी,घट्टेडाँडा खानेपानी, लुइयाँटा खानेपानी, ल्याँया खानेपानी, झप्राली खानेपानी, निगालडाँडा खानेपानी,खैरेनि झारघट्ट खानेपानी,भैनेरी खानेपानी,गज्रेगाड र पैंयाम खानेपानी गरि जम्मा ११ वटा खानेपानीका योजनाहरु यसै बर्ष सम्पन्न भएका छन । भने महोका खानेपानी, मनिकाँडा खानेपानी,भुजेनि खानेपानी क्रमागत योजनाको रुपमा काम संचालन भइरहेको छ । जनताको खाद्य अधिकारको सुनिश्चतताका र कृषकको आम्दानी बढाउने उद्धेश्यले गाँउपालिकाले सिंचाइ सुविधा कम भएका वडाहरुमा सिंचाइ कुलाहरुको निर्माणको काम भइरहेकोछ।कालढाँड काप्री सिंचाइ कुलो,रानीपाटा सिंचाइकुलो,बाँसढुङ्गा सिंचाइ कुलोको काम सम्पन भएकोछ।भौतिक पुर्वाधारका योजनाहरुमा ५ प्रतिशत धरौटी रकम कटाएर मर्मत संभार कोषमा जम्मा गर्ने कार्यको प्रारम्भ र उत्कृष्ट काम गर्ने उपभोक्ता समितिहरुलाई पुरस्कारको व्यवस्था पश्चात ३ वटा उपभोक्ता समिति पुरस्कृत भएका छन ।

विद्यालयहरुमा शिक्षकको उपस्थिति बढाउनका लागि माद्यमिक र नि.मा.वि तहमा विद्युतिय हाँजिरी जडान,गाँउपालिका बाट नियमित अनुगमन र उत्कृष्ट विद्यार्थी,शिक्षक र विद्यालयलाई पुरस्कारको व्यवस्था गरिएकोछ।.शिक्षा क्षेत्रमा गाँउपालिकाले समुदायको आवश्यकताका आधारमा भौतिक पुर्वाधार तर्फ बैदिक सनातन गुरुकुलको छात्रबास भवन निर्माण,देवलकोट मा.वि.कोभवन निर्माण,महाँदेव नि.मा.वि.को भवन निर्माण,शम्भुनाथ प्रा.वि.को भवन निर्माण,जनउत्थान प्रा.वि.को भवन निर्माण सम्पन्न भएकोछ ।सरस्वति मा.वि.को फिल्ड,भवानी आधारभुत विद्यालयको भवन मर्मत,धवलपुरा आधारभुत विद्यालयको भवन मर्मत र घेरबार,वालविकास आधारभुत विद्यालयको गेट निर्माण,बिरुवा आधारभुत विद्यालयको तटबन्धन,कैलाश मा.वि.को घेरबार र छात्राबास मर्मत, शम्भुनाथ आधारभुत विद्यालयको शौचालय र भवन मर्मत गरि जम्मा ४ वटा विद्यालयको भवन निर्माण,९ वटा विद्यालयको मर्मत संभार र १४ वटा विद्यालयमा कार्पेट वितरण गरिएको छ ।

गाउँपालिका भित्रका ६ वटै वडाहरुमा जनताको सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पाउने अधिकारको संरक्षण गर्दै आवश्यक आधारभुत औषधि,उपकरण सहित वडा नं ४ मा खोप केन्द्र निर्मण,वडा नं १, वडा नं ३, वडा नं ५ र वडा नं ६ मा संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अन्तर्गत प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएकोछ।आगामी आर्थिक बर्ष बाट जनताले आधारभुत स्वास्थ्य सेवा घरदैलोमै पाँउने भएका छन ।

  • स्वास्थ्य संस्थामा गर्भवति जाच गर्ने महिलाहरु –516 जना
  • स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुने महिलाको संख्या -१७७ जना
  • आमा सुरक्षा यातायात खर्च पाउनेको संख्या -१७७ जना
  • स्वास्थ्य संस्थामा उपचार गर्न आउनेको संख्या –१३,१६८ जना
  • स्वास्थ्य संस्थामा उपचार गर्न आउने ५ बर्ष मुनिका वालवालिकाहरुको संख्या –१,२०१ जना ।
  • वडा नं १ देखि ६ सम्मका ५ बर्ष मुनिका २,७३६ जना वालवालिकाहरुलाई खोप सेवा बाट लाभान्वित ।
  • किशोरीहरुलाई सेनिटरी प्याड वितरण,महिला स्वास्थ्य स्वंयस सेविकाहरुको नियमित बैठक संचालन ।

आ.व.०७६।०७७ मा कृषि विकास कार्यक्रम तर्फ विनियोजित बजेट मार्फत प्राप्त भएको उपलब्धि तपशिल बमोजिम रहेको छ ।

  • समुहमा आधारित साना ३ वटा सिँचार्इ कुलो निर्माण सम्पन्न भए पश्चात 230 घरधुरी लाभान्वित भएका छन्।
  • बेमौसमि तरकारी उत्पादनका लागी प्लास्टिक टनेल तथा कृषि सामग्री वितरणबाट १४ जना कृषक लाभान्वित भएका छन् ।
  • उन्नत तथा हाइब्रिड जातका तरकारीका बिउ वितरण मार्फत १५०० घरधुरी लाभान्वित भएका छन्।
  • पचास प्रतिशित अनुदानमा हिउँदे फलफुलका विरुवा (स्याउ ३८००,हाइडेनसिटी स्याउ २००,सुन्तला १००० र कागती २०००) वितरण मार्फत ६०० जना कृषक लाभान्वित भएका छन् ।
  • वडा नं २,को काँडाकोट,वडा नं ३,को मनिकाँडा र वडा नं ५,गोत्रीमा जिल्ला कृर्षि ज्ञानकेन्द्र बाजुराको आर्थिक र गाँउपालिकाको प्राविधिक सहयोगमा स्याउ,तरकारी र सुन्तला कागती खेतिको पकेट संचालन गरिएको छ ।
  • फलफुल तथा तरकारी बाली सम्बन्धि १ दिने २० वटा तालिम संचालन गरि ५०० जना कृषकहरुको क्षमता अभिबृद्धि गरियो ।
  • खाद्य तत्व व्यवस्थापन तथा माटो सुधारका लागि भकारो सुधार कार्यक्रम बाट वडा नं ६ का ५० घरधुरी लाभान्वित भएकाछन ।
  • कृर्षि प्रविधि बिस्तार कार्यक्रम अन्तरगत वडा नं १ देखि ६ सम्म ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण ।
  • गाँउपालिका भित्र छरिएर रहेका कृषकहरुलाइ समुह मार्फत प्राविधिक सेवा दिनका लागि ९ वटा कृषक समुह दर्ता गरि २२५ जना कृषकहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।
  • बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत सुनौला हजार दिनका आमाहरुलाई करेवाबारी निर्माण तथा तरकारीको उन्नत किट बितरण कार्यक्रम मार्फत १५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पशुसेवा कार्यक्रम औषधि खरिद वितरण वडा नं १ देखि ६ सम्मका ३६० वटा कुकुरलाई रेबिज खोप र ४८५० भेडा बाख्रालाई पि.पि.आर खोप संचालन गरियो । जनतालार्इ शान्ती सुरक्षाको व्यवस्था गरी मानव अधिकारको संरक्षण गर्न जुड्डिमा स्थायी प्रहरी पोस्टको स्थापना भएको छ । यसबाट जनताले शान्ति सुरक्षाको अनुभुति गरेकाछन।आगामी दिनहरुमा यसलाई स्तरोन्नति गरी (क) वर्गको स्थायी र्इलाका प्रहरी कार्यालयको रुपमा रुपान्तरण गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै कर्णाली करिडोरमा नेपाली सेनाको ब्यारेक स्थापनाका लागि संघिय सरकार गृह तथा रक्षा मन्त्रालयमा पहल भइरहेको छ।

२०७६ श्रावण महिना बाट मदिरा निषेधित गाँउपालिका घोषणा पश्चात समुदायमा झै झगडामा कमि भै सामाजिक सदभाव कायम हुनुका साथै आर्थिक रुपमा बचत र गाँउपालिकाको राजश्वमा बृद्धि भएकोछ ।आर्थिक वर्ष ०७६।०७७ को जेठ मसान्त भित्र जगन्नाथ गाउँपालिकाको न्यायिक समितिले ५ वटा उजुरी निवेदन मध्ये ३ वटाको सामाजिक मेलमिलापको माध्यमबाट निरुपण गरेकोछ । प्रत्येक वडामा कानुनी सचेतना र महिला शसक्तिकरणका कार्यक्रमहरु संचालन गरिएकाछन ।

गाँउपालिका भित्रका अपाँङ्गहरुलाइ गाँउपालिकाको केन्द्र जुड्डीमा पहिलो पटक परिचय पत्र वितरण र नागरिकता र स्वास्थ्य शिविर संचालन पश्चात (क) बर्गका ५ जना, (ख) बर्गका  १२ जना, (ग) बर्गका ३० जना र घ बर्गका २० जना गरि कुल ६७ जनालाई अपाँङ्ग परिचय पत्र र ४५० जनालाई नागरिकता वितरण गरियो ।(ग)  र (घ) बर्गका अपाङ्गहरुलाइ मासिक रुपमा रु ३०० र २०० भत्ता वितरण गरिदै आएकोछ ।सामाजिक सुरक्षाको रकमलाई पारदर्शि बनाउनका लागि प्रत्येक वडाको लगत अद्यावधिक र गर्नुका साथै परिचय पत्र वितरण गर्ने काम सम्पन्न भएकोछ ।

प्राकृतिक प्रकोपका कारण मृत्यु भएका,अंगभंग भएका र भौतिक क्षति भएका तपशिल बमोजिमका परिवारलाइ यस गाउँपालिकाले आफ्नो विपद व्यवस्थापन तथा राहत कोषबाट व्ययभार हुने गरी तपशिल बमोजिमको रकम राहतको रुपमा उपलब्ध गराएकोछ ।

तपिशल

  • भौतिक क्षति भएका ९ घर परिवारलार्इ प्रति परिवार रु. ३०००।का दरले जम्मा रकम रु २७,०००।राहत वितरण गरिएकोछ ।
  • अंगभंग भएका २ घरपरिवारका सदस्यलार्इ प्रति परिवार रु. १०,०००।का दरले जम्मा रकम रु २०,०००।राहत वितरण गरिएको छ ।
  • प्राकृतिक प्रकोपका कारण मृत्यु भएका २ घरपरिवारका सदस्यलार्इ प्रति परिवार रु. २५०००।का दरले जम्मा रकम रु ५०,०००। राहत वितरण गरिएको छ ।

कोरोना (Covid 19) रोकथाम तथा नियन्त्रणका लागि गाँउपालिकाले गरेका कामहरु

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाँउपालिकाको विभिन्न शिर्षक बाट रु १,१५,३४,१६९।विनियोजन गरेकोमा २०७७ असार १० गते सम्म रु ८४,९५,८०२। रकम खर्च भइसकेको छ ।कोरोना कोषमा जनप्रतिनिधिको सुविधा बाट रु २,३८,०००। गाँउपालिकाका कर्मचारीहरुको तलब बाट रु ३,७६,१६९।कोरोना कोषमा जम्मा रकम रु ६,१४,१६९ ।रकम जम्मा गरिएको छ ।
  • गाँउपालिका भित्र १४ वटा विद्यालय र २ वटा स्वास्थ्य संस्था गरि १६ वटा स्थानमा क्वारेन्टाइन स्थापना र ३ वटा स्थानमा १५ बेडको आइसोलेशन कक्ष स्थापना गरिएका छन ।
  • बिदेशमा रहेका व्यक्तिहरुको लगत संकलन (१३३२जना देश बाहिर),(८४७ जना जिल्ला बाहिर) गर्ने काम भएको छ ।
  • पहिलो चरणमा लकडाउनका कारण गाँउपालिका भित्र हातमुख जोर्न समस्यामा परेका ८५ घरधुरी,दोस्रो चरणमा गाँउपालिकाका भित्रका ६ वटै वडा कार्यालय सम्म ढुवानीमा अनुदानमा १८० क्युन्टल चामल ४० क्युन्टल नुन उपलब्ध गराएर वडा अध्यक्ष र सचिवको रोहबरमा कोल्टीको रेटमा बिक्रीवितरण गरिएको थियो । तेस्रो चरणमा अध्ययन रोजगारी र कामको शिलशिलामा जिल्ला बाहिर देश भित्र रहेको व्यक्तिहरुको लगत संकलन पश्चात कोरोना भाइरसका कारण लकडाउनका कारण समस्यामा परेका गाँउपालिका भरि ३४५ घरधुरीका ८१६ जनालाई प्रति व्यक्ति रु २०००। का दरले राहत वितरण गरिएको र चौथो चरणमा गाँउपालिका भित्र लकडाउनका कारण समस्यामा परेका अति विपन्न ९२ घरधुरीलाई राहत वितरण गरियो।
  • प्रत्येक वडामा २ जना र सिमानाका पुलमा ४ जना गरि १६ जना स्वयम सेवक परिचालन गरियो ।
  • क्वारेन्टाइन र हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मिलाइ ५० प्रतिशत र आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।
  • लकडाउनको समयमा जिल्ला बाहिर अलपत्र परेका नागरिकहरुलाइ खाना खर्च र यातायातको व्ववस्था सहित 450 जनालाई गाँउपालिका भित्र्याउने काम सम्पन्न भएकोछ ।
  • गाँउपालिका भित्रका प्रत्येक घरधुरीलाइ साबुन र मास्क वितरण,कोरोनाको रोकथामका लागि जनप्रतिनिधि,सुरक्षाकर्मी,युवाक्लव र महिलाका स्वास्थ्य स्वयम सेविका परिचालन तथा कोरोना बाट बच्ने उपायका बारेमा रेडियो तथा एफ.एम.हरुमा सूचना प्रशारण गरिएको छ।
  • भारत लगायत नेपाल बाहिर बाट आएका व्यक्तिहरुलाइ मार्तडी बाट गाँउपालिका सम्म यातायात खर्चको व्यवस्था सहित क्वारेन्टाइन अवधिभर प्रति दिन २५०। का दरले खाना खर्च र १४ दिनको रु ५००।फुटकर खर्चको व्यवस्था गरिएको छ ।वडा नं १ देखि ६ सम्मका ३९४ जना क्वारेन्टाइनमा बसिरहेका र ३४६ जनाको आर.डि.टी.किट परिक्षण र ५ जनाको स्वाव परिक्षणका लागि धनगढि पठाइएकोछ।

 प्रत्येक क्वारेन्टाइन र आइसोलेशनमा औषधि र सुरक्षा सामाग्रीहरु (पि.पि.सेट,बुट,सेनिटाइजर र माक्स) वितरण गरिएकाे थियाे ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार