शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोबिन्द केसी काेल्टिमा बिरामीको उपचार गर्दै (फाेटाे फिचर)

डाक्टर गोबिन्द केसी काेल्टिमा बिरामीको उपचार गर्दै (फाेटाे फिचर)

  • सोमवार, असार १५, २०७७
डाक्टर गोबिन्द केसी काेल्टिमा बिरामीको उपचार गर्दै (फाेटाे फिचर)
फाेटेा क्यापसन : सरस्वति भट्ट/ अनमि फेज नेपाल

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराकाे काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीकाे उपचार गरिरहेका छन् । हुम्लाकाे मैलामा उपचार गरे उनि काेल्टि पुगेर बिरामीको उपचार गरिरहेका छन् ।


साेमबार प्राथमिक स्वास्थ्य केन्द्र पुगेका केसीले बिरामीको चेकजाँच सँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमि सरस्वति भट्टले वताएकि छन् ।

डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसी बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझने रहेको छ । काेल्टि पुगेर बिरामिकाे सेवा दिइरहेकाे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले वताएका छन् ।


बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।

केसी शुदुरपश्चिम प्रदेशका दुर्गम गाँउमा मात्र नभई कर्णाली प्रदेशका दुर्गम गाँउमा पुगेर बिरामीको उपचार सँगै निशुल्क औषधि दिईरहेका छन् । बुधवार मात्र बाजुराको कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार