बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • असार १५ कै दिन बडिमालिका वडा न ७ मा रोपीसकेको खेत बगायो

असार १५ कै दिन बडिमालिका वडा न ७ मा रोपीसकेको खेत बगायो

  • सोमवार, असार १५, २०७७
असार १५ कै दिन बडिमालिका वडा  न ७ मा रोपीसकेको खेत बगायो

बाजुरा– बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ रजातोलीमा आज राती परेको अबिरल बर्षा संगै बाढि आएर खेतहरु बगाएको छ । मार्तडी कोल्डी सडकको नयाँ काम भएको र सो सडकमा खनेको माटो बगेर रोपिसकेको धान सबै पुरेको केही बगाएर लगेको स्थानीयले बताएका छन ।
रजातोलीमा असार २० सम्म सबै धान र कोदो सारेर सक्ने चलन छ सोही अनुसार सबै खेतहरु रोपीसकेको भए पनी सडबाट आएको माटो पुरै खेतमा गएर केही पनी बाकी नरहेको स्थानीय महेस तिमिल्सेनाले बताए ।
मार्तडी कोल्टी सडक निर्माण भइरहेको र सडकमा वालहरु नलगाउदा सो समस्या आएको बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । त्यसै गरी रजातोलीको १५/१६ बर्ष पुरानो काठेपुल समेत बगाएर आवत जावतमा समेत समस्या भएको वडाअध्यक्ष पाध्यायले बताए ।
गाउँमा धेरै क्षेती भएको भन्ने खवर पछी आफु पनी सो ठाउँमा जान लागेको र यो समाचार तयार पारुन्जेल बाटोमै रहेको वडाअध्यक्ष पाध्यायले बताए । त्यसै गरि पारीबगडमा रहेकाे काठे पुल समेत बगाउदा गाउँमा अावत जावतमा समस्या भएकाे वडा अध्यक्ष पाध्यायले बताएका छन ।
गाउँमा के कती क्षेती भएको छ भन्ने कुराको एकीन हुन नसकेको वडा अध्यक्ष पाध्यायको भनाई रहेको छ ।  ५ बर्ष अगाडी पनी रजातोलीमा यस्तै बाढी आएर लगाएको अन्न बाली सबै बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार