सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • सबै जिल्लामा कोरोना संक्रमित, कुन जिल्लामा कति?

सबै जिल्लामा कोरोना संक्रमित, कुन जिल्लामा कति?

  • आइतवार, असार १४, २०७७
सबै जिल्लामा कोरोना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं- नेपालको संक्रमित जिल्लाको संख्या ७७ पुगेको छ। शनिबार रसुवामा ९ जना संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७७ पुगेको हो।

शनिबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जना संक्रमित भेटिएको छ।

हालसम्म देशभर २० जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ९३ जना संक्रमित भेटिएका छन्। दैलेखमा ७५८, कपिलवस्तुमा ७३५, सर्लाहीमा ६४३, महोेत्तरीमा ५८५, दाङमा ४७७, सुर्खेतमा ३६५ लगायत छन्।

देशभर २१ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३६ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १२९३
दैलेख – ७५८
कपिलवस्तु – ७३५
सर्लाही – ६४३
महोत्तरी – ५८५
सुर्खेत – ३६५
दाङ – ४७७
धनुषा – ३३५
रुपन्देही – २८९
बाँके – ३५५
कैलाली – ५२४
अर्घाखाँची – २७२
गुल्मी – २७३
डडेल्धुरा – २१२
झापा – २१५
सप्तरी – २०१
पाल्पा – ३४८
डोटी – २९०
कञ्चनपुर – २४५
बैतडी – २०७

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १९२
पर्सा – १६१
बर्दिया – १५८
मोरङ – १३६
बारा – १२२
नवलपरासी पूर्व – १०५
धादिङ – १४२
सिरहा – १६८
स्याङजा – १७६
बागलुङ – १४९
अछाम – १०७
बाजुरा – २११
प्युठान – १५३
सुनसरी – ७८
नवलपरासी पश्चिम – ८२
तनहुँ – ९४
उदयपुर – ६२
गोरखा – ९०
पर्वत – ६८
बझाङ – ६१
चितवन – ६३

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४४
जुम्ला – २९
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
कास्की – ३५
मकवानपुर – १६
दार्चुला – १५
नुवाकोट – २०
काठमाडौं – ४९
जाजरकोट – १३
सिन्धुली – १४
धनकुटा – ८
भक्तपुर – १८
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – २
संखुवासभा – २
इलाम – ७
हुम्ला – २
मुगु – २
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १७
रोल्पा – ४५
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – ९

चर्चामा

सम्बन्धित समाचार