सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२३०९ पुग्यो

नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२३०९ पुग्यो

  • शनिबार, असार १३, २०७७
नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२३०९ पुग्यो

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार