• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज

  • शनिबार, असार १३, २०७७
सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको जानकारी दिएको हो।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले डोटी जिल्लाका अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरीएको बताए। उनका अनुसार शुक्रवार ९८ जनालाई डिस्चार्ज गरिएसंगै अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको सङख्या तीन सय ४२ पुगेको छ।

डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२÷१२, बैतडीका ६, बझाङ र बाजुराका दुई÷दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएका अधिकासंले कोरोना जितेका छैनन्।

उनीहरुलाई केही दिन अस्पतालमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै अस्पतालबाट डिस्चार्ज गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार