बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • प्रतिपक्षी दलको अवरोधपछि प्रदेश सभाको आजको बैठक पनि स्थगित

प्रतिपक्षी दलको अवरोधपछि प्रदेश सभाको आजको बैठक पनि स्थगित

  • शुक्रबार, असार १२, २०७७
प्रतिपक्षी दलको अवरोधपछि प्रदेश सभाको आजको बैठक पनि स्थगित
फाइल फाेटाे

धनगढी : प्रतिपक्षी दलको अवरोधपछि आज पनि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध गरेपछि आज पनि बैठक स्थगित भएको हो।

पिसीआर परीक्षणविना घर पठाईदा समुदायमा जोखिम बढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए। प्रदेशको अर्को बैठक आइतबार ३ बजे बोलाइएको छ।

चर्चामा

सम्बन्धित समाचार