मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • अनाथ तथा बिपन्न बर्गका बालबालिकालाई स्टेस्नरी सहयोग

अनाथ तथा बिपन्न बर्गका बालबालिकालाई स्टेस्नरी सहयोग

  • बिहिबार, असार ११, २०७७
अनाथ तथा बिपन्न बर्गका बालबालिकालाई स्टेस्नरी सहयोग

बडिमालिका बखर /बाजुरा ११ असार– बुढीगंगा नगरापालिका ८ का अनाथ तथा आर्थिक अबस्था कमजोर भएका बिपन्न बर्गका बालबालिकालाई स्टेस्नरी सहयोग गरेको छ ।
वडाका २५ जना अति बिपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई १ हजार ५ सय ६० का दरले स्टेस्नरी सहयोग गरेको बुढीगंगा नगरपालिका वडा नम्बर ८ का वडा बाल संजालका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
वडाबाट बनियोजीत लक्षीत बर्गलाई छुट्याएको बाललबालिकाको रकमबाट सहयोग गरेको थापाले बताए ।
लकगाउनका कारण स्कुल जान र शिक्षा आर्जनबाट बन्चित हुनुपरेको समयमा घरमै स्वाअध्यानको लागि उक्त स्टेस्नरीले सहयोग पुगोस भन्ने उद्देश्यले कापी, कलम र झोला सहयोग गरेको जिल्ला बाल अधिकार संजानका सचिब पारस रावलले बताए ।
स्टेस्नरी बितरण कार्यक्रममा जिल्ला बाल अधिकारी संजालका सचिब पारस रावल, वडा बाल संजालका अध्यक्ष कृष्ण थापा, वडा बाल संजालका अन्य पदाधिकारीहरुको लगाएतको उपस्तिथि रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार