बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाँउपालिकाको बजेट २९ करोड ९१ लाख

जगन्नाथ गाँउपालिकाको बजेट २९ करोड ९१ लाख

  • बिहिबार, असार ११, २०७७
जगन्नाथ गाँउपालिकाको बजेट २९ करोड ९१ लाख

बाजुराकाे जगन्नाथ गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि २९ करोड ९१ लाख ७९ हजार ९ सय ९० रुपैया प्रस्तुत गरेको छ । गाउँ सभाले खानेपानी तथा सरसफाई तर्फ ३ करोड ८ लाख २८ हजार ९ सय ५०, सडक पुर्वाधार तर्फ १ करोड ८५ लाख ४५ हजार ९ सय, सिचाई तर्फ १ करोड ९० लाख ८७ हजार ७ सय, भवन निमार्ण तर्फ १ करोड ८ लाख ४ हजार ९ सय ९०, शिक्षा तर्फ १ करोड ८० लाख २७ हजार ९ सय ५० रुपैया बजेट विनियोजन गरेको अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

सातौ गाउँ सभामा नीति तथा कार्यक्रम सहीत बार्षिक बजेट प्रस्तुत गरिएको हो । यस्तै खेलकुद तथा मनोरञ्चन तर्फ १ करोड ७ लाख २० हजार, स्वास्थ्य तर्फ ९७ लाख २५ हजार ९ सय, कृर्षि तथा पशु सेवा तर्फ ५२ लाख, संकृति प्रवद्धन तर्फ २३ लाख, लैगिंक समावेशिकरण तर्फ ३ लाख २४ हजार, वातावरण संरक्षण तर्फ २२ लाख ७ हजार ५ सय ९०, र प्रकोप ब्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता डवल विकले बताएका छन् , गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकास, उत्पादन र युवा रोजगारलाई केन्द्र भागमा राखेर बजेट ल्याएको बताएको छ ।

शैक्षिक संस्थाको गुणस्तरीय विकास, संरचना निर्माण, तथा स्वास्थ्य तथा सरसाइमा पनि बिशेष जोड दिईएको छ । गाउँपालिकाले छाउपडि र सुत्केरी प्रथाका बारेमा जनचेतना जगाउन स्वास्थ्यकर्मी द्धारा हप्तामा एक दिन विद्यालयको जनचेतनामुकल कार्यक्रम संञ्चालन गर्ने नीति ल्याएको छ ।नीति तथा कार्यक्रमले कृषि तथा पशुपालन ब्यवसायलाई प्राथमिकता दिएको र यसले युवाहरु प्रत्यक्ष रोजगारसँग जोडिने प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन् । गाउँपालिकाले एक घर एक करेसा बारी निमार्णका साथै एक गाउँ, एक उत्पादनलाई पनि अघि सारेको छ ।

सडक विस्तार गर्ने र सडक पुगेका वडाको सडकलाई स्तरोन्नती गर्ने र मुख्य रुपमा स्वास्थ, शिक्षा, कृषि, रोजगार र सडक पुर्वाधारलाई प्राथमिकता दिएको रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् । यस्तै पर्यटकीय क्षेत्र बडिमालिकासँग सहज पहुँचका कर्णाली करिडोरको बेर्मादेखि बडिमालिकासम्मको पदमार्गलाई पहिलो प्राथमितामा राखेको छ ।

चर्चामा

सम्बन्धित समाचार