शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा असारको १० दिनमा थपिए १२८५ कोरोना संक्रमित

सुदूरपश्चिममा असारको १० दिनमा थपिए १२८५ कोरोना संक्रमित

  • बिहिबार, असार ११, २०७७
सुदूरपश्चिममा असारको १० दिनमा थपिए १२८५ कोरोना संक्रमित

 सुदूरपश्चिम प्रदेशमा असार लागेपछि कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेको छ। असारको १० दिनमा मात्रै एक हजार दुई सय ८५ जना संक्रमित थपिएका छन्।

जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १० दिनमा थप एक हजार दुई सय ८५ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सङख्या बढेर एक हजार पाँच सय ४९ पुगेको छ।

संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय आँठ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डोटीमा दुई सय नौँ, डडेल्धुरामा दुई सय पाँच, कञ्चनपुरमा एक सय ९४, बैतडीमा एक सय ६०, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन्। सुदूरपश्चिमका ९ जिल्लाबाट संकलन गरीएका सात हजार चार सय २१ जनाको नतिजा आउन भने बाँकी रहेको छ।

चर्चामा

सम्बन्धित समाचार